Friday, April 10, 2026

भाइटीकाका दिन खुल्नेछ बालगोपालेश्वर मन्दिर

ताजा / भरखरै प्राप्त

काठमाडौं,९ कात्तिक । रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर भोलि भाइटीकाका दिन बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिन्छ । भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles