Friday, April 10, 2026

रौतहटमा दोस्रो मेयर कप तेक्वान्दो प्रतियोगिता सम्पन्न

ताजा / भरखरै प्राप्त

चन्द्रपुर/ रौतहट रौतहट जिल्ला तेक्वान्दो कार्यसमितिद्वारा आयोजित ‘दोस्रो मेयर च्याम्पियनसिप तेक्वान्दो प्रतियोगिता’ भव्यताका साथ सम्पन्न भएको छ। मिति २०८२ साल वैशाख १५ र १६ गते सञ्चालित उक्त प्रतियोगिता चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
रौतहट जिल्लाका विभिन्न ५ वटा टोलीहरूको सहभागिता रहेको यस खेलमा खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरेका थिए।
प्रतियोगिताको नतिजा
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा वर्चस्व कायम गरी चन्द्रपुर तेक्वान्दो डोजाङ प्रथम स्थान हासिल गर्न सफल भएको छ। सहभागी टोलीहरूको पदक विवरण यस प्रकार छ:
प्रथम: चन्द्रपुर तेक्वान्दो डोजाङ (१४ स्वर्ण, १० रजत र १५ कास्य पदक)
द्वितीय: नमुना तेक्वान्दो डोजाङ (६ स्वर्ण, ३ रजत र ६ कास्य पदक)
तृतीय: होली भिजन तेक्वान्दो डोजाङ (८ स्वर्ण, ९ रजत र ११ कास्य पदक)
चौथो: सरस्वती तेक्वान्दो डोजाङ
पाँचौ: सुर्योदय तेक्वान्दो डोजाङ
उत्कृष्ट खेलाडी (बेस्ट फाइटर)
खेल अवधिभर उत्कृष्ट कौशल प्रदर्शन गर्ने विधामा महिला तथा पुरुषतर्फ निम्न खेलाडीहरू पुरस्कृत भए:
पुरुष तर्फ: स्वर्णिम थिङ (नमुना तेक्वान्दो डोजाङ)
महिला तर्फ: नेहा सिंह ठकुरी (चन्द्रपुर तेक्वान्दो डोजाङ)
अन्तर्राष्ट्रिय पदक विजेता खड्का सम्मानित
सोही समापन कार्यक्रमको अवसरमा रौतहट जिल्ला चन्द्रपुर निवासी खेलाडी केनिशा खड्कालाई विशेष सम्मान गरिएको छ। खड्काले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय स्तरको ‘माउन्ट एभरेस्ट इन्टरनेसनल च्याम्पियनसिप’ मा स्वर्ण पदक हासिल गरी देश र जिल्लाको नाम उच्च राखेको भन्दै आयोजक समितिले उनलाई सम्मान गरेको हो।
जिल्ला तेक्वान्दो कार्यसमितिका पदाधिकारीहरूले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा रहेका प्रतिभालाई प्रस्फुटन गर्न र खेलाडीहरूको मनोबल उच्च राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles