रौतहट,४ फागुन÷ नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नं ४ का उम्मेदवार राम कुमार भट्टराईले घरदैलो कार्यक्रमलाई तिव्रता दिनुभएको छ । आइतवार विहानैदेखि साझसम्म चन्द्रपुर नगरपालिका वडा नं. १ र २ का अधिकांश स्थानीयको घरदैलोमा पुगेर आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ । विहानै नुनथर क्षेत्रबाट शुरु गरिएको घरदैलो कार्यक्रममा बागमती क्षेत्रका सवै क्षेत्रमा पुगेर जनतासंग संवाद गरेका छन् । वर्तमान अवस्थामा जनताको समस्या समाधानको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । तत्काल समाधान गर्ने समस्याका लागि विज्ञसंग सल्लाह गरेर समाधान गर्ने र बाकी समस्या क्रमशः समाधानका लागि सम्बन्धित निकायसंग समन्वय गर्ने बताउनुभयो ।

यसैगरी दिउसो चन्द्रपुर नगरपालिका वडा नं. २ को रैयाटोल,मोक्तानटोल, कार्कीटोल,कलटोल, ठुलोटोल, पुल्चोक, पैनीटोल र अन्तिममा जुडिवेलामा पुगेर समापन भएको थियो । कार्यक्रममा पार्टी नेता तथा पुर्वमन्त्री युवराज भट्टराई(समिर),देवेन्द्र पटेल, वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध),वडा सदस्य संजीव कुश्वार,शर्मिला सुनुवार, जिल्ला समन्वय समितिका सदस्य कमला ढकाल, रन्जु थापा, समिरबाबु बार्की,बालकृष्ण श्रेष्ठ, टिका आचार्य लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीयले यतिखेरको जनताको भरोसा र विश्वास नेपाली कम्युनिष्ट पार्टीप्रति रहेकोले जनताको हितमा काम गर्न आग्रह गर्नुभयो । यस क्षेत्रको कृषि,पर्यटन,शिक्षा,पुर्वाधार लगायतका क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीको नेता तथा पुर्वमन्त्री युवराज भट्टराई(समिर)ले गर्नुभएको योगदानको उच्च प्रशंसा गर्दै अझ बाकी रहेका कृषि,खानेपानी समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

