रौतहट,१७ फागुन÷ नेपाली कम्युनिष्ट पार्टी रौतहट क्षेत्र नं. ४ का उम्मेदवार राम कुमार भट्ट्राईले आइतवार चन्द्रपुर नगरपालिकाको वडा नं. ४,५ र ६ को मुख्यमुख्य सडकमा रोड शो मा सहभागिता जनाउनु भएको छ । चन्द्रपुरस्थित जिल्ला ट्राफिक कार्यालय नजिकबाट शुरु भएको रोड शो नगरको विभिन्न टोल टोलमा मतदातासंग भेटघाट गर्दै अगाडि बढेको थियो । दशौं हजारको संख्यामा कार्यकर्ताहरुको सहभागितामा भएको रोड शोमा वडा नं. ४,५ र ६ का विभिन्न टोल टोलमा पुगेर अन्त्यमा चन्द्रपुरको मुख्य चौकमा आएर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्नुहुदै रौतहट क्षेत्र नं. ४ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राम कुमार भट्टराईले देश अहिले कंगाल बन्दै गएको अवस्थामा भ्रष्टाचारीलाई कारवाही गर्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी भएकोले तारा चिन्हमा मतदान गर्न आग्रह गर्नु्भयो । भ्रष्टाचारीलाई कारवाही गर्ने, प्रमाणित भएपछि जेलसम्म पु¥याउन तयार रहेको बताउनुहुदै त्यसका लागि आफुलाई मतदान गर्न अनुरोध गर्नुभयो । नया भन्नेहरु ३ बर्ष सरकार चलाएर गृहमन्त्री भएको स्मरण गराउनुहुदै ३ बर्षमा भ्रष्टाचारीलाई नसमातेर बरु आफु नै सहकारी ठगीमा पक्राउ परेकोले त्यस्तालाई जनताले समयमै पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । पुरानै चिज नया लेवल लगाएर नया नहुने प्रष्ट पार्नुहुदै उम्मेदवार भट्टराईले सोच नया भएको पार्टी नेपाली कम्युनिष्ट पार्टी रहेको बताउनुभयो । आफु ठिक नभएसम्म अरुलाई औला ठड्याउने प्रवृतिले गर्दा देश दुर्गतीमा पुगेकोले अव भ्रष्टाचारी विरुद्ध शसक्त भएर अगाडि बढ्ने आफ्नो लक्ष्य रहेकोले जनताको साथ सदैव रहने विश्वास व्यक्त गर्नुभयो । उम्मेदवार भट्टराईले शिक्षा,स्वास्थ्य,रोजगारी लगायतका विषय प्राथमिकतामा राखेर आफ्नो पार्टी चुनावमा होमिएकोले अव स्वदेशमै रोजगारीको लागि उद्योग संचालनमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोणसभालाई नेकपा नेता तथा मधेश प्रदेशका पुर्वमन्त्री युवराज भट्टराई(समिर)ले यो देशमा जसले समानुपातिक,समावेशी,महिला,दलित,मुस्लिमको अधिकार, तीन तहको सरकार र गाउ गाउमा सिंहदरवार ल्याउने पार्टीको योगदान सम्झदै जनताको पक्षमा सदैव नेपाली कम्युनिष्ट पार्टीले गरेको योगदानलाई जनताले यस पटकको निर्वाचनमा तारामा मतदान गरेर पुरा गर्ने बताउनुभयो । सुशासनको कायम गर्नका लागि ठुला ठुला भ्रष्टाचारीलाई समातेको अवस्थामा सरकार ढलेको बताउनुहुदै भ्रष्टाचारीले नै देश चलाएको अवस्थामा अव नेकपाको सरकार आवश्यक रहेको बताउनुभयो । भाद्र २३ गते जसले ताकी ताकी निहत्था युवाहरुमाथि ताकी ताकी गोली चलाए र २४ गते जसले यो देशलाई जलाए तीनहरु दुवैलाई परास्त गर्न आवश्यक रहेको बताउनुभयो । पार्टीका नेता देवेन्द्र पटेलले अतीवादी परास्त गर्न नेकपालाई जिताउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका नेता महेन्द्र चौलागाई, देवकी नेपाल, टिका आचार्य लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

