Friday, April 10, 2026

गठबन्धनका उम्मेदवारद्धय मतदाताको घरदैलोमा

ताजा / भरखरै प्राप्त

रौतहट खबर सम्वाददाता
चन्द्रपुर,२० कार्तिक ÷ बाम गठबन्धनका उम्मेदवारहरु यतिखेर निर्वाचन गतिविधिमा सक्रिय भएर लागेका छन् । निर्वाचनको समय नजिक हुदै गएपछि समय मिलाएर वडावासीहरुको आग्रह तथा मतदाताहरुलाई भेट्नका लागि दौडधुप गरिरहेका छन् । रौतहट क्षेत्र नं. ४ का बाम गठबन्धनमा साझा उम्मेदवार नेपाली काग्रेसका देव प्रसाद तिमल्सिना तथा गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई(समिर) आइतवार चन्द्रपुर नगरपालिका वडा नं. ८ र वडा नं. ५ मा घरदैलोमै व्यस्त रहेका छन् । नेताद्धय सन्तपुर,अल्टोकी लगायतको क्षेत्रका मतदाताको घरदैलोमा पुगेर गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । सो क्रममा नेताद्धयले समृद्ध नगर,क्षेत्र बनाउनका लागि आफुले विगतमा पनि पहल गरेको, त्यसको केही उदाहरणहरु समाजमा ऐनाजस्तै छर्लङ भएको बताए । प्रतिनिधिसभा सदस्य उम्मेदवार देव प्रसाद तिमल्सिनाले रौतहटको विकासको लागि आफुले बारम्बार सदनमा बोलेका कारण केही योजनाहरु रौतहटमा आएर कार्यान्वयनको चरणमा रहेको बताए । साथै अव बाकी रहेका शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको समस्या समाधानका लागि पहल भइरहेको र निर्वाचन पछि रौतहटले गर्व गर्न लायकको काम गरेर देखाउने प्रतिबद्धता समेत व्इक्त गरे । सो क्रममा स्थानीयवासीले विकासप्रेमी नेताका रुपमा परिचित तिमल्सिना र भट्टराई साच्चिकै गर्व गर्न लायक नेता पाएकोमा खुसी व्यक्त गरेका छन् । अव दुवै नेतालाई अत्याधिक मतका साथ विजयी गराउनका लागि जनता घर घरबाट लागेको चन्द्रपुर ८ का सुमन गौतमले बताए । जनताले काम गर्ने र कुरा गर्ने नेता चिनिसकेका कारण काम गर्नेलाई दिलोज्यान दिएर सहयोग गर्ने बताए । आइतवार नै वडा नं. ५ को चिडियादह लगायतको गाउमा समेत घरदैलो सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles