रौतहट खबर सम्वाददाता
रौतहट,२० कार्तिक÷ नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन जनाउदै रौतहट क्षेत्र नं. ४ क का विभिन्न स्थानमा माओवादी केन्द्र प्रवेश गर्नेको संख्या बढेको छ । शनिवार चन्द्रपुर ३ मा दर्जनौ युवाहरु विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको २४ घण्टा वित्न नपाउदै आइतवार विहान वृन्दावन नगरपालिकाका विभिन्न वडाका करीव ५० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टरार्ई(समिर)ले टिका लगाएर प्रवेश गराउनुभयो । पार्टी प्रवेश कार्यक्रममा मन्तव्य राख्नुहुदै नेता भट्टराईले जनताको माया, भरोसा,विश्वास माओवादी केन्द्रप्रति बढ्दै गएकोले अव गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको बताउनुभयो । उहाले अव सवै जनताको सहयोगले आफु निर्वाचित हुनेमा ढुक्क भएको बताउनुहुदै जनतालाई समृद्ध बनाउने काममा आफु दिनरात लाग्ने बताउनुभयो । नेता भट्टराईले अव रौतहटको समृद्धि, विकास र सुशासनका लागि गठबन्धनको उम्मेदवारलाई भारी मतका साथ विजयी गराउनुपर्ने बताउनुभयो । यसैवीच आइतवार सांझ चन्द्रपुर नगरपालिका वडानं. ५ राजपैडामा ३ दर्जनभन्दा बढी व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सो कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई समिरले टिका लगाएर पार्टी प्रवेश गराउनुभयो । सो कार्यक्रममा संक्षिप्त मन्तव्य राख्नु्हुदै माओवादी केन्द्रले जहिले पनि जनताकै लागि काम गरेका कारण जनताले यस पार्टीलाई भुल्न नसकेको बताउनुभयो । अवको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतकासाथ विजय गराई यस क्षेत्रको समृद्धिको ढोका खोल्न आग्रह गर्नुभयो । हरेक नागरिकलाई समृद्ध बनाउनका लागि आफु विजयी भएपछि गर्ने कामले पनि तय गर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष टिका आचार्यले जानकारी दिनुभयो ।
