Friday, April 10, 2026

क्षेत्र नं. ४ का जनताको पहिलो रोजाईमा परे देवप्रसाद तिमल्सिना

ताजा / भरखरै प्राप्त

रौतहट खबर सम्वाददाता
रौतहट÷ देशैभरि निर्वाचनको माहौल तातिरहेको अवस्थामा विशेष गरि रौतहटका सवै क्षेत्रमा निर्वाचनको ज्वरो बढेको छ । थोरै समय बाकी रहेको अवस्थामा यतिखेर मतदातासम्म पुगेर आफ्नो विचार राख्दै मतमाग्नका लागि उम्मेदवारहरु तछाडमछाड गरिरहेका छन् । उम्मेदवार बनेका केही उम्मेदवारहरु नया अनुहारका छन् भने केही पुरानै अनुहारका छन् । मतदाताहरुले यतिखेर अनुहार भन्दा पनि काम कसले गरेको छ ? कसले गर्न सक्छ ? भनेर आंकलन गर्दै मतदिने सुरमा बसेको देखिन्छ । विगतको निर्वाचनमा झै झुठा आश्वासन दिएर भोट मागौला भनेर यतिखेरका उम्मेदवारले नसोचेपछि हुन्छ ? तर उम्मेदवारमध्ये पनि को असल भन्नेमा मतदाताहरु यतिखेर प्रष्ट भएका छन् । विशेष गरि रौतहटको क्षेत्र नं. ४ मा २०७४ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचन हुनु भएका नेपाली काग्रेसका नेता देव प्रसाद तिमल्सिना यस पटक पनि उम्मेदवार बन्दै मतदाताको घर दैलोमा पुग्नु भएको छ । आफुले विगतका गरेको बाचा अनुसारको काम गरेकै कारण आज जनता समक्ष ढुक्क भएर भोट माग्ने आधार बनाएको उहाको भनाई छ । “मलाई जनताले भोट दिएर जिताएका हुन । मैले जनताको काम गर्नुपर्छ भनेर सदनमा सधै जनताकै आवाज बोलेको छु, जनताको काममा समस्या नहोस भनेर सम्बन्धित कार्यालयहरुमा आफुले भ्याएसम्म सहज तरिकाले काम गर्ने बातावरण बनाएको छु । जनताले स्वास्थ्य सेवा सर्वसुलभ तरिकाले लिन सकुन् भनेर स्वास्थ्य कार्यालयहरुमा आवश्यक सेवा सुविधा विस्तारका लागि माथिल्लो निकायसंग समन्वय गरि स्थानीय तहलाई कार्यान्वयनका लागि आग्रह गरेको बताउनुभयो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ को कलटोलमा स्वास्थ्य सेवाका लागि संसदीय विकास कोषबाट रकम छुट्याएर स्वास्थ्य चौकी निर्माण सम्पन्न गरिसकेको र भविष्यमा त्यहाबाट सेवा उपलब्ध गराउनेसम्मको वातावरण भइसकेको बताउनुभयो । वडा नं. ३ मा समेत स्वास्थ्य चौकीको व्यवस्था नगरेर चुरेक्षेत्रका जनताहरुलाई सहज रुपमा स्वास्थ्यसेवा लिने वातावरण बनाएको बताउनुभयो । शिक्षा,खानेपानी,खेलकुदका लागि आफुले सकेसम्मको पहल गरेको बताउनुभयो । सडक निर्माणको लागि मन्त्रालयसंग समन्वय गरेर क्षेत्रको विभिन्न स्थानमा पक्की सडक निर्माण गरेको बताउनुभयो ।स्थानीय जनतापनि नेता तिमल्सिनाले गरेको कामको खुलेरै प्रसंशा गरेका छन् । साच्चिकै भन्ने हो भने रौतहटको क्षेत्र नंं ४ मा तिमल्सिनाले जति जनताकै लागि गर्ने नेता पाउन मुस्किल छ । त्यसैले देवप्रसाद तिमल्सिना जनताको पहिलो रोजाईमा रहेको स्थानीय अशोक यादवको भनाई छ । जनताको लागि रातदिन नभनी जनतासंगै बसेर काम गराउने नेता भनेकै देवप्रसाद तिमल्सिना हो । कुनै नेताले पनि जनतासंग बसेर काम गरेका छैनन तर देवप्रसाद तिमल्सिनाले जनताकै आग्रह, अनुरोध र जनताकै सिफारिस अनुसार काम गरेका कारण अव देव प्रसाद तिमल्सिनाको विकल्प कोही हुन नसक्ने बताउनुभयो । अन्य पार्टीबाट पनि उम्मेदवार उठेका होलान तर देवीजीको अगाडि सवै फिक्का छन् उहाको भनाई छ । त्यसैले रौतहट क्षेत्र नं. ४ मा यस पटक जनताले आफ्नो नेताको रुपमा देव प्रसाद तिमल्सिनाको विकल्प नदेखेका कारण देव प्रसाद तिमल्सिनाको जित सुनिश्चित रहेको बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles