रौतहट खबर सम्वाददाता
रौतहट÷ मतदान गर्ने दिन नजिकिदै जा“दा नेकपा माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गइरहेको छ । सोही क्रममा आइतवार विहान रौतहट क्षेत्र नं. ४ क अन्तर्गत पर्ने वृन्दावन नगरपालिका वडानं. १ बैराठपुरका नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका १ सय ५० नेता तथा कार्यकर्ताहरु सो पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई पार्टीका पोलिटव्युरो सदस्य तथा रौतहट क्षेत्र नं. ४ क बाट गठबन्धनका साझा उम्मेदवार युवराज भट्टराई(समिर)ले टिका तथा माला लगाएर पार्टीमा स्वागत गर्नुभयो । बैराठपुरका रामएकवाल पटेल, देवकी पटेल, रामदेव पटेलको नेतृत्वमा १ सय ५० जना नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा विजेश पटेल, रविन्द्र राउत, सिकेन्द्र साह, सहदेव राम, मुकेश पटेल, नागेन्द्र पटेल,विरेन्द्र साह, सत्यनन्द साह, दिनेश साह, भन्तु राम, चुलाई पटेल, भिखारी पटेल लगायत रहेका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पार्टीका पोलिटव्युरो सदस्य तथा क्षेत्र नं. ४ क का उम्मेदवार युवराज भट्टराई(समिर)ले जनताको काम गर्ने पार्टी नै माओवादी केन्द्र भएकोले जनताको आशा र विश्वासकै कारण पार्टीमा आएको बताउनुभयो । उहाले पार्टीमा सदैव सवै नागरिकलाई समान व्यवहार गर्ने एकोले यसप्रति आकर्षण पनि बढेको बताउनुभयो । उहाले दलित,गरिव,विपन्नको हक अधिकारका लागि लड्दै आएको र प्राप्त हक अधिकारलाई संस्थागत गर्नका लागि अव सवै एकजुट हुन आवश्यक रहेको बताउनुभयो । माओवादी केन्द्रले जनताको काम, अधिकारलाई प्राथमिकता दिएको र सोही अनुसार विकास निर्माणले समेत तिव्रता पाएको बताउनुभयो । कार्यक्रममा पार्टीका तर्फबाट वृन्दावन नगरपालिकाका मेयर प्रत्यासी राम प्रसाद पटेल, वडा नंं २ का वडा अध्यक्ष सिकेन्द्र पटेल लगायतले अव विकास र समृद्धिका लागि माओवादी केन्द्रका उम्मेदवार युवराज भट्टराई(समिर)लाई प्रदेशमा र देवप्रसाद तिमल्सिनालाई प्रतिनिधिसभामा अत्याधिक मतले विजयी गराउन आग्रह गर्नुभयो ।
