Friday, April 10, 2026

नेकपा एमालेका वडा इन्चार्ज भोलन लगायत दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश

ताजा / भरखरै प्राप्त

रौतहट खबर सम्वाददाता
रौतहट,३० कार्तिक÷ चुनावको मिति नजिकिदै जा“दा गठबन्धनप्रति आकर्षण बढ्दै गएको छ । यसैक्रममा बुधवार रौतहट क्षेत्र नं. ४ क अन्तर्गत चन्द्रपुर नगरपालिका वडा नं. २ मोक्तानटोलमा नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा दर्जनौ व्यक्ति प्रवेश गरेको छन् । मुक्तान टोलबाट एमाले अव लगभग शुन्य भएको छ । नेकपा एमाले रौतहटको चन्द्रपुर नगर कमिटि पुर्व सह–सचिव तथा सचिवालय सदस्य एवम् वडा इन्चार्ज छत्र बहादुर भुलन लगायत दर्जनौ व्यक्तिहरु नेकपा माओवादी केन्द्र प्रवेश गरेपछि अव सो क्षेत्रमा एमालेका समर्थकहरु लगभग शुन्य भएको छ । नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम् गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई(समिर)ले टिका तथा माला लगाएर पार्टीमा स्वागत गर्नुभयो । सो क्रममा पार्टी प्रवेश गरेका छत्र बहादुर भुलनले नेकपा एमाले पार्टीप्रति जनताको वितृष्णा भएको, जनतालाई भन्दा नेताको चाकडी गर्नुपर्ने तथा समस्या लिएर जा“दा सुनुवाई नगर्ने भएका कारण अव जनताकै लागि भनेर आएको माओवादी केन्द्रप्रति आफुहरु समाहित भएको बताउनुभयो । उहाले हरेक विकास निर्माणको काममा माओवादी केन्द्रले जनताकै सल्लाहमा काम गरेका कारण जनताले माओवादी केन्द्रलाई विश्वास गरेको बताउनुभयो ।

अव निर्वाचनमा गठबन्धनका प्रतिनिधिसभा सदस्यमा देव प्रसाद तिमल्सिना र प्रदेश सभा सदस्यमा युवराज भट्टराई(समिर)लाई जिताएपछि मात्र यो क्षेत्रको विकासले गति लिने बताउनुभयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य युवराज भट्टराइ(समिर)ले आफुले पार्टीकै नीति अनुसार काम गरेका कारण जनताहरु यस पार्टी प्रति आकर्षित भएको बताउनुभयो । अव यस क्षेत्रको शिक्षा,स्वास्थ्य, बेराजगारीको समस्यालाई निर्मूल पार्ने अभियानमा आफु अगाडि बढेको हुदा आफु लगायत गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गर्नुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles