रौतहट,१० फागुन÷ नेपाली कम्युनिष्ट पार्टी रौतहट क्षेत्र नं. ४ का उम्म्ेदवार राम कुमार भट्ट्राई आज विहानैदेखि चन्द्रपुर नगरपालिका वडा नं. २ मा घरदैलोमा व्यस्त रहनु भएको छ । आज विहानैदेखि बनटोलबाट शुरु भएको घरदैलो कार्यक्रम दिनभर वडाको विभिन्न गाउ÷बस्ती पुगेर अन्तिममा वनटोलमै पुगेर समापन भएको थियो । हजारौको संख्यामा सहभागी पार्टीका नेता,कार्यकर्ता एवमु शुभचिन्तकले उम्मेदवार भट्टराईलाई जीतको अग्रीम शुभकामना दिएका थिए । घरदैलोमा देखिएको विशाल सहभागिताले उम्मेदवार भट्टराई पनि मख्ख भएका थिए । विभिन्न स्थानमा उम्मेदवार भट्टराईलाई भव्य रुपमा स्वागत गरेका थिए । सो अवसरमा उम्मेदवार भट्टराईले संविधान निर्माणको अनुभवलाई संविधानको प्रभावकारी कार्यान्वयनमा उपयोग गरी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै संघीयता कार्यान्वयनको पक्षमा विद्यायकी भूमिका निर्वाह गर्नका लागि पनि आफुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

यसैगरी उम्मेदवार भट्टराईले पार्टीले उठाउदै आएका र नवयुवाहरुको आन्दोलनले समेत माग गरेको भ्रष्टाचार नियन्त्रण,वेरोजगार समस्याको अन्त्य लगायतका मुख्य सवालहरुको समाधानको लागि पनि आफुलाई जिताउन मतदातासंग आग्रह गर्नुभयो । जनताको दुःख,सुख प्रत्यक्ष बुझने अवसरको रुपमा घरदैलोलाई लिएको उम्मेदवार रामकुमार भट्टराईको भनाई छ । जनताले आफैले समस्याहरु बताउने र त्यसको समाधानको लागि गर्न सकिने र हुने कुराको मात्र प्रतिबद्धता जाहेर गर्ने र पहलका लागि सवै निकायसंग समन्वय गर्ने बताउनुभयो । त्यसैरी पार्टीका नेता,मधेश प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री युवराज भट्टराईले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था अझै परिवर्तन हुन नसकेकोले त्यसलाई कार्यान्वयनका लागि नेपाली कम्युनिष्ट पार्टीलाई जिताउन आग्रह गर्नुभयो । बनटोलबाट शुरु भएको घरदैलो कार्यक्रम मुख्य सडकले भेट्ने सवै गाउ पुगेको थियो ।
घरदैलो कार्यक्रममा पार्टीका नेता देवेन्द्र पटेल, एकराज थापा,महेन्द्र चौलागाई, देवकी नेपाल,टिका आचार्य, राजु धामी,दुत्त बहादुर थिङ(बुद्ध),झलक श्रेष्ठ, अमित श्रेष्ठ,समिरबाबु कार्की,रन्जु थापा लगायत नेताहरुको सहभागिता रहेको थियो ।

