Friday, April 10, 2026

प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)द्धारा सडक,पुल र क्यानलको उदघाटन

ताजा / भरखरै प्राप्त

सुब्बा कार्की
रौतहट ÷ रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मा प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)ले सडक,पुल तथा क्यानलको उदघाटन गर्नुभएको छ । चन्द्रपुर नगरपालिका वडा नं. १ बागमतीदेखि नेपालटोलसम्म जाने करीव २ सय मिटर पक्की ढलान, सोही स्थानमा पर्ने २ वटा पुल तथा ४ सय ८५ मिटर क्यानलको उदघाटन गर्नुभएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, रौतहट जिल्ला इन्चार्ज समेत रहनु भएका प्रदेश सभा सदस्य भट्टराईले वडा नम्बर १ नेपालटोलका जनतालाई पक्की सडक तथा सडकमा पर्ने पुल निर्माणको लागि डिभिजन सडक कार्यालय तथा बागमती सिंचाई आयोजनासंग सहकार्य गरेर उक्त कार्य सम्पन्न गर्नुभएको हो । उदघाटन कार्यक्रममा मन्तव्य राख्नुहुदै प्रदेश सभा सदस्य भट्टराईले सडक सन्जालका कारण वडाको विकास सम्भव भएकोले आफ्नो प्राथमिकता सडक सन्जाललाई सवै क्षेत्रमा पु¥याउनु रहेको बताउनुभयो । उहाले पुल निर्माणले सो क्षेत्रका बासिन्दाहरुलाई आवात जावातमा सहज भएकोले अव बर्षामा रोकिएर बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । सोही कार्यक्रममा बोल्नुहुदै प्रदेश सभा सदस्य भट्टराईले वडाको विभिन्न क्षेत्रहरु खोल्सीले कटान गरेको जनगुनासो पछि आफुले बागमती सिज्ञाई आयोजनासंग सहकार्य गरेर खोल्सीले कटान गर्दै आएको भुभाग बचाउनका लागि करीव ४ सय ८५ मिटर खोल्सीको दाया÷बाया आरसिसी क्यानल निर्माण गरेको बताउनुभयो । सो क्यानल निर्माण पछि बर्षेनी खोल्सीले कटान गर्दै आएको जमिन सुरक्षित भएकोले अव जनताले पानी पर्नासाथ त्रासमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । विगतका बर्षहरुमा स्थानीयवासीहरुले भोग्दै आएको समस्या बारम्बार नगरपालिका लगायतमा जानकारी गराउदा समेत सुनुवाई नभएको अवस्थामा प्रदेश सभा सदस्य युवराज भट्टराई समिरले सुनुवाई गरेर काम नै गर्नुभएकोले जनता उहाप्रति सधै आभारी हुने स्थानीयको भनाई छ । सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष टिका आचार्य, उपाध्यक्ष चेत बोलखे, प्रमिला राना,गणेश राउत, लक्ष्मण न्यौपाने, काग्रेसका नेता श्रीराम न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघका रौतहट जिल्ला अध्यक्ष बेदहरी दाहाल लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles