Friday, April 10, 2026

संकल्प साकोसको आ ब ०७९र८० को समिक्षा तथा बिस्तारित मंच सम्पन्न

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता÷ संकल्प साकोसले श्रावण १३ गते चन्द्रनिगाहपुरको होटल रोममा सस्थाका संचालक ,लेखा सुपरिवेक्षण समिती,सल्लाहकार ,विभिन्न उपसमिति ,कर्मचारी लगायत ६२ जनाको उपस्थितिमा सस्थाका अध्यक्ष बिभु पोखरेलको अध्यक्षतामा आ ब ०७९र८० को समिक्षा तथा बिस्तारित मंच सम्पन्न गरेको छ । ।सह सचिब चिरञ्जीवी गौतमले कार्यक्रमको सुरुमा प्रस्तावहरु राख्दै बैठक सन्चालन गर्नु भएको थियो भने आ ब को अनुमानित लक्ष्य तथा उपलब्धिलाई ब्यबस्थापक हरि प्रसाद तिमल्सिनाले स बिस्तार प्रस्तुत गर्नु भएको थियोे ।प्राप्त उपलब्धि र लक्ष्य पूरा हुन नसकेका सुचकहरुमा केन्द्रित भयर लेखा सुपरिवेक्षण समितिका संयोजक गणेश पौडेल ,पुर्व संयोजक नारायण बहादुर कार्की ,कोषाध्यक्ष बलराम गौतम ,संचालक अबधेशहरी भट्टराईले महत्त्वपूर्ण सुझाव दिदै टिप्पणी गर्नु भएको थियोे । कार्यक्रममा सदस्यहरुले उठाउनु भएको जिज्ञासालाई अध्यक्ष बिभु पोखरेल ,ब्यबस्थापक हरि प्रसाद तिमल्सिना तथा लेखा संयोजक गणेश पौडेलले प्रष्ट पार्नु भएको थियो । आजको जटिल अबस्थामा पनि संतोषजनक खाताबन्दी हुनु सुखद भएको भन्दै ब्यबस्थापन तथा संचालक लाई धन्यवाद ज्ञापन पनि गरिएको थियो ।सोही कार्यक्रममा आ ब ०८०र८१ का लागि श्रावण ६ गते संचालक समितिको बैठक बाट गठित विभिन्न उप समितिका संयोजकहरुलाइ मनोनयन पत्र तथा कार्य बिवरण प्रदान गरिएको थियो ।मनोनयन पत्र तथा कार्य बिवरण प्राप्त गर्ने उप समितिका संयोजकहरुमा ऋण उप समिति कृष्ण चन्द्र पोखरेल ,शिक्षा उप समिति शारदा भण्डारी ,बचत बिस्तार उपसमिति दिपक भण्डारी ,शेयर बिस्तार उपसमिति राज किशोर गुप्ता,सामाजिक क्रियाकलाप उपसमिति एक नाथ चौलागाईं ,सूचना तथा सञ्चार उप समिति बिदुर न्यौपाने ,महिला बिकास उपसमिति गोमा चौलागाईं ,नीति निर्देशिका उपसमिति कुल बहादुर थापा ,प्रोबेशन कार्यदल चिरञ्जीवी गौतम ,जोखिम ब्यबस्थापन कार्यदल बलराम प्रसाद गौतम हुनुहुन्थ्यो ।उप समितिको तर्फबाट उपाध्यक्ष तथा ऋण उपसमिति संयोजक कृष्ण चन्द्र पोखरेलले समितिले प्रदान गरेको जिम्मेवारीलाई इमान्दारिपुर्वक कार्यन्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।संकल्प साकोसले आफ्नो क्यालेन्डर अनुसार नै नियमित बैठक ,बिस्तारित मंच ,साधारणसभा सन्चालन गर्दै आयको छ ।यिनै गतिविधिका कारणले गत आ ब मा नेफ्स्कुनले मधेस प्रदेशको उत्कृष्ट सस्थाको रुपमा सम्मान गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles