रौतहट खबर सम्वाददाता
चन्द्रपुर,१९ कार्तिक ÷रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा विभिन्न पार्टी परित्याग गरि करीव १ दर्जन व्यक्ति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज एवम् रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई(समिर)ले अविर,खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । पार्टी प्रवेश गर्नुहुनेमा नेकपा एमालेबाट चन्द्रपुर नगरपालिका वडा नं. ३ मा निर्वाचन वडा सदस्य गोविन्द प्रसाद तिमिल्सना, एमालेकै कृष्ण प्रसाद तिमल्सिना, निल प्रसाद तिमल्सिना, चन्द्रहरी फयल, अजय गुरो, संचारसिं थिङ,माधव हुमागाई, क्षितिज राना मगर र रामचन्द्र सापकोटा रहेका छन् । सो क्रममा पार्टी प्रवेश कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य युवराज भट्टराई(समिर)ले नेकपा माओवादी केन्द्र जनताकै पार्टी भएकोले जनताले चाहेको बेला यस पार्टीलाई सम्झन सक्ने बताउनुभयो । जनताकै हित,अधिकारका लागि लड्दै आएको पार्टीमा जनताले अनुभुति गर्न सक्ने काम गरेकै कारण यसमा सवै अट्न सक्ने भएकोले यस पार्टीलाई सवैले माया गरेको बताउनुभयो । आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि आफ्नो अमूल्य मत प्रदान गर्न आग्रह गर्नुहुदै यस क्षेत्रको विकासको लागि सधै आफु लागिपर्ने बताउनुभयो । यसैवीच शनिवार गठबन्धनका उम्मेदवारद्धय संघीय ससदका उम्मेदवार देवप्रसाद तिमल्सिना र प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई(समिर) चन्द्रपुर नगरपालिका वडा नं. १ मा घरदैलोमा व्यस्त हुनुभएको छ । यस वडाका जनताको घर दैलोमा पुग्दा मतदाताहरु खुसीले उम्मेदवारद्धयलाई भव्य स्वागत गरेका थिए । यस क्षेत्रको विकासमा नेताद्धयले गर्नुभएको योगदानको प्रसंसा गर्दै मतदाताले अव बाकी रहेका अधुरा काम गरेर समाजलाई समृद्ध बनाउने काममा अगाडि बढ्न आग्रह गरे ।
