रौतहट खबर सम्वाददाता
रौतहट,१८ कार्तिक ÷निर्वाचनको मिति नजिकिदै जा“दा रौतहट क्षेत्र न ४ गठबन्धनका साझा उम्मेदवार को पक्षमा जनलहर देखिएको छ । चुनावी रौनकमा अगाडि रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका तर्फबाट नेपाली काग्रेसका नेता देवप्रसाद तिमल्सिना तथा क्षेत्र नं. ४ क को प्रदेश सभा सदस्यका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर)को पक्षमा जनताको समर्थन उर्लिएको छ । घरदैलोमा पुगेका नेताद्धयलाई सयौंको संख्यामा मतदाताहरुले स्वागत गरेका छन् । गठबन्धनका उम्मेदवारद्धय तिमल्सिना र भट्टराई शुक्रवार पनि क्षेत्र नं. ४ को विभिन्न गाउमा घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार देवप्रसाद तिमल्सिना तथा रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्यका साझा उम्मेदवार युवराज भट्टराई (समिर) पुग्नुभएको छ । चन्द्रपुर नगरपालिका वडा नं. १० मा घरदैलोमै नेताद्धय व्यस्त रहनु भएको छ । वडा नं. १० को विभिन्न टोलहरुमा पुगेर मतदातासंग गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । सो क्रममा नेताद्धयले यसक्षेत्रको समग्र विकासका लागि बाम गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । टोलटोलमा रहेका मतदाताले रौतहट क्षेत्र नं. ४ को विकास पुरुषका रुपमा दुवै उम्मेदवारलाई देखेको र व्यवहारले पनि देखाएकोले अन्य उम्मेदवारहरु मैदान छोडेर जानुको विकल्प नरहेको बताए । देवप्रसाद तिमल्सिना र युवराज भट्टराई(समिर) बाहेक यतिखेर उम्मेदवार उठेको नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उद्धव रेग्मीलाई राम्रोसंग हामीले चिनेका पनि छैनौ । राम्रोसंग बोलेका पनि छैनौ अनि कसरी उहाहरुलाई मतदान गर्ने ? उल्टै प्रश्न गरेका चन्द्रपुर वडा नं. १० का राजेश रामले जनताको दुःखमा साथ दिने देवप्रसाद तिमल्सिनाको जित सुनिश्चित रहेको बताए । चुनावमा भोट मात्र माग्ने , दुःख परेको बेलामा कसले सहयोग ग¥यो ? भन्दै आफ्नो अगाडि भोट माग्ने कुनै अधिकार उनीहरुलाई नरहेको उनको भनाई छ । उता प्रदेश सभा सदस्यका उम्मेदवार युवराज भट्टराई(समिर)ले यस क्षेत्रको विकासमा गरेको योगदानलाई यस क्षेत्रका जनताले कहिलेपनि भुल्न नसक्ने स्थानीय मतदाताको भनार्ई छ । जनताको घर आगनमा पुगेर जनताको आवश्यकता के छ ? कसरी विकास गर्न सकिन्छ भनेर रातदिन चिन्ता लिने नेताका रुपमा परिचित भएका भट्टराईलाई यतिखेर उम्मेदवारको रुपमा पाउदा आफुहरु भाग्यमानी भएको चन्द्रपुर वडा नं. १० का अशोक पासवानको भनाई छ । गरिव जनताको लागि त समिरजी गर्नु भएको सहयोग सदैव सम्झीन लायक रहेकोले प्रदेश सभा सदस्यमा समिरको नजिक पुग्ने अन्य उम्मेदवारको क्षमता नरहेको बताए । रौतहट क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका तर्फबाट नेपाली काग्रेसका लोकप्रिय नेता देवप्रसाद तिमिल्सना, नेकपा एमालेका तर्फबाट उद्धव रेग्मी, स्वतन्त्र अजय कुमार साह प्रतिस्पर्धामा रहेका छन् भने प्रदेश सभा सदस्यमा बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी(केन्द्र)का युवा नेता युवराज भट्टराई(समिर), नेकपा एमालेका तर्फबाट अखिलेश्वर चौधरी, नेकपा एकीकृत समाजवादीका तर्फबाट बालकृष्ण श्रेष्ठ, स्वतन्त्र उम्मेदवार सन्तोष काफ्ले लगायतको उम्मेदवारी रहेको छ । तर यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा देवप्रसाद तिमल्सिना उद्धव रेग्मीभन्दा धेरै लोकप्रिय उम्मेदवारका रुपमा परिचित छन् भने प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका भट्टराई र एमालेका अखिलेश्वर चौधरी वीच प्रतिस्पर्धा हुने देखिन्छ ।
