Friday, April 10, 2026

विकासप्रेमी नेताद्धय तिमल्सिना र भट्टराईको पक्षमा जनताको समर्थन

ताजा / भरखरै प्राप्त

रौतहट खबर सम्वाददाता÷
चुनावको मिति नजिकिदै गएपछि यतिखेर उम्मेदवारहरु मतदाताको घरदैलोमा भेटिन थालेका छन् । हरेक दिन जनताकै समस्या सुनेर गर्न सक्ने जति सहयोग गर्दै आईरहेको रौतहट क्षेत्र नं. ४ का गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका नेता देवप्रसाद तिमल्सिना तथा क्षेत्र नं. ४ क का साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई(समिर) दैनिक जनताकै घरदैलोमा पुगेका छन् । जनताकै चाहना अनुसार रौतहटको विकास कसरी गर्न सकिन्छ भनेर दिनरात खटिएका नेताहरु चुनावमा आफ्नो घरदैलोमा आएपनि अव विकास हुने भो भन्नेमा जनता ढुक्क भएर बसेका छन् । यस क्षेत्रका विश्वासिला, भरपर्दाे तथा गर्न सक्ने नेताको रुपमा परिचित देवप्रसाद तिमल्सिनाले पार्टी सरकारमा भएपनि, नभएपनि सवैसंग सहकार्य गरेर विकास गरेकै कारण आज जनता उहालाई विजयी गराउनका लागि स्वतस्फुर्त रुपमा मतदाताको घरदैलोमा हिडेको स्थानीय युवा सोहेल खानले बताए । नेता भनेको देवप्रसाद तिमल्सिना जस्तो हुनुपर्छ, जनताको घरदैलोमासंग बसेर खाने, जनताको पीरमर्का बुझ्ने नेता सम्भवत कमै रहेकोले देवप्रसादको विकल्प नरहेको खानको भनाई छ । जनताको सानोतिनो समस्या समाधानका लागि प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, वन कार्यालय,ट्राफिक तथा विकासका लागि मन्त्रालयसम्म पुगेर गरेको कामले आज जनता खुसी भएको उनको भनाई छ । उता नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य युवा नेता युवराज भट्टराई समिर पनि रौतहटको विकासको लागि धेरै समय खर्चिने नेता रहेको जनताको बुझाई रहेको स्थानीयको भनाई छ । चन्द्रपुर २ का राज लामाका अनुसार युवराज भट्टराई(समिर) को विशेष पहलमा चन्द्रपुर नगरपालिकामा विभिन्न योजनाहरु सम्पन्न भईसकेको तथा केही योजनाहरु आउने क्रममा रहेको छ । चन्द्रपुर नगरपालिका क्षेत्रमा सडक,खानेपानी,शिक्षा,स्वास्थ्यका लागि माथिल्लो निकायसंग समन्वय गरेर काम गरेका कारण यतिखेर रौतहटको शिक्षा,स्वास्थ्य,खानेपानीको काम तिव्र गतिमा भइरहेको लामाको भनाई छ । चन्द्रपुर वडा नं. २ मा बर्षाैदेखि शुद्ध पिउने पानीको समस्याबाट ग्रसित भएका जनतालाई अवको केही महिनापछि शुद्ध पिउने पानी उपलब्ध गराउने गरि खानेपानीको ओभरहेड ट्याङ्की निर्माण कार्य तिव्र गतिमा भइरहेको बताउनुभयो ।
यसैवीच विहिवार रौतहट क्षेत्र न ४ गठबन्धनका साझा उम्मेदवार को पक्षमा जनलहर देखिएको छ ।क्षेत्र ४ बाट प्रतिनिधि सभा का उम्मेदवार देव प्रसाद तिमल्सिना र प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई(समिर) को पक्ष मा जनलहर व्यापक देखिएको छ । बृन्दावन नगरपालिका वडा न ३ स्थित बिश्रामपुरमा भएको घर दैलो तथा प्रचार प्रसार कार्यक्रममा गठबन्धन को उम्मेदवार हरुको पक्षमा जनलहर देखिएको छ । उम्मेदवारद्वय तिमल्सिना र भट्टाराई मत माग्दै बिश्रामपुर पुगेका हुन। बिश्रामपुरका जनताले उत्साह हुदै दुबै उम्मेदवारहरुलाई आर्शिवाद सहित बिजयीको शुभकामना दिएका छन् । दुबै उम्मेदवारहरुले जनताको समस्या बारेमा पनि बुझदै हिडेका छन् ।
निर्वाचन आचार संहिता अनुसार बिहीबारदेखि मंसिर १ सम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएपछि घर दैलो र चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको चेत बोलखेले बताए । अव चुनावी गतिविधि तिव्र रुपमा अगाडि बढाउने गठबन्धनका प्रचार प्रसार समितिका संयोजक सुमन गौतमले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles