रौतहट,२ फागुन÷ नेपाली कम्युनिष्ट पार्टी रौतहट क्षेत्र नं. ४ का उम्मेदवार राम कुमार भट्टराईले जनताको आवश्यकता सवै पुरा गर्न समय लाग्ने बताउनु भएको छ । आधारभूत आवश्यक तत्काल पुरा गर्ने तर्फ कदम अगाडि बढाउदै बाकी कामको स्तरीकरण गरेर क्रमशः पुरा गर्दै जाने विश्वास दिलाउनुभयो । शनिवार रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ को असनवामा आयोजित घरदैलो कार्यक्रममा मतदातासंग अन्तरक्रिया गर्नुहुदै भ्रष्टाचारीलाई कारवाहीको प्रयास गर्दा सरकार ढलेको बताउनुभयो ।

जनताको पक्षमा केही गरौ भनेर लाग्दा विविध कठिनाई भएकै कारण आज यस्तो स्थिति आएको बताउनुभयो । उहाले अव जनताले आवश्यकता महसुस गरेको शिक्षा, खानेपानी,स्वास्थ्य लगायतका विषयमा आफु गम्भीर भएकोले यसको समाधानको लागि आफुलाई जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा मधेश प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री युवराज भट्टराई(समिर)ले आफु छोटो समय मधेश प्रदेशमा मन्त्री भएको समयमा रौतहटको यस क्षेत्रमा कृषि,पर्यटन लगायतमा काम गर्न विशेष योजनाका साथ बजेट विनियोजन गरेको स्मरण गराउनुहुदै यसको कार्यान्वयनका लागि पनि नेकपालाई विजय बनाउन आवश्यक रहेको बताउनुभयो । जनतालाई हरेक अधिकार दिलाउन पार्टी प्रयत्नशील भएको उल्लेख गर्नुहुदै यसको लागि सवै जनताले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महिला नेतृ देवकी नेपाल,वडा अध्यक्ष दुत्त बहादुर थिङ(बुद्ध), केन्द्रिय सदस्य एकराज थापा,महेन्द्र चौलागाई,कमला ढकाल, रन्जु थापा लगायत नेतृत्ववर्गको उपस्थिति रहेको थियो । स्थानीयवासीले खानेपानी,सिंचाई, स्वास्थ्य लगायतका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए । यसैगरी गढिमाई नगरपालिकाको विभिन्न वडाहरुमा समेत घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

