Friday, April 10, 2026

बाम गठबन्धनका उम्मेदवार तिमल्सिना र भट्टरार्ईप्रति जनलहर बढ्यो

ताजा / भरखरै प्राप्त

रौतहट खबर सम्वाददाता÷
पाच दलिय बाम गठबन्धन अन्तर्गत रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार देवप्रसाद तिमल्सिना र रौतहट क्षेत्र नं. ४ क अन्तर्गत प्रदेश सभा सदस्यका साझा उम्मेदवार युवराज भट्टराई(समिर)प्रति जनताको समर्थन ह्वात्तै बढेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं. ८ सन्तपुरमा संयुक्तरुपमा घरदैलोमा जानु भएको समयमा जनताले देखाएको सम्मान, स्वागत र जनताले अभिव्यक्त गरेको भनाईले पनि उहाहरुप्रति जनताको समर्थन बढ्दै गएको देखिएको छ । घरदैलोमा नेताद्धय पुग्दा जनताले आफुहरुले प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले रौतहटको समग्र विकास गर्न त्यसमा पनि क्षेत्र नं. ४ को विकासको लागि हरेक समय सदनमा राख्नुभएको अभिव्यक्तिले पनि उहा विकासप्रति कति चिन्तित हुनुहुन्छ भन्ने कुरा प्रष्ट भएको स्थानीयहरुको भनाई छ । उहाकै पहलमा विगतका बर्षहरुमा भएको सडक विकास, सिंचाई, शिक्ष्ँँ, स्वास्थ्य, खेलकुदको क्षेत्रमा देखिएको परिवर्तनले पनि यस पटक उहाको विकल्प खोज्न आवश्यक नभएको चन्द्रपुर ८ का स्थानीय जितेन्द्र चौधरीले बताउनुभयो । उहाले चुनावको समयमा हुने चलखेल विरुद्ध जनताहरु सचेत भईसकेको र अव जनतालाई झुक्याउन सक्ने अवस्था नभएकोले काम गर्ने देव प्रसाद तिमल्सिना जस्तै उम्मेदवारलाई जनताको माया पाउने र मतदान गर्ने अवस्था रहेको बताउनुभयो । घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देव प्रसाद तिमल्सिनाले आफुले निर्वाचनको समयमा जनतासंग गरेको प्रतिबद्धता अनुसार सकेसम्म काम गरेको र अव बाकी रहेका काम गर्नका लागि जनताकै शरणमा आएको बताउनुभयो । जनता भन्दा ठूलो कोही नभएकोले विगतका दिनमा संसद चाहिदैन, सदन चाहिदैन भन्दै कुर्लनेहरु यतिखेर पुनः संसद बन्ने आकाक्षा लिएर मत माग्न आएकोले विचार पु¥याउन समेत आग्रह गर्नुभयो । कार्यक्रममा रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्यका साझा उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य युवराज भट्टराई(समिर)ले मतदातासंग रौतहट क्षेत्र नं. ४ क को विकासको लागि विगतका दिनमा पदमा नभएपनि पहल गरेर राम्रा योजनाहरु जनताले देख्ने गरि काम गराएको स्मरण गराउनुहुदै अव गठबन्धनबाट निर्वाचित भएपछि यस क्षेत्रलाई देशकै नमूना क्षेत्र बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाले हरेक विकास निर्माणमा हुने गरेको भ्रष्टाचारलाई आफुले नियाली रहेको अवस्थामा यसलाई हटाउनका लागि पनि गठबन्धनका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउन आवश्यक रहेको बताउनुभयो । उहाले अव जनतालाई माम र दाममा किन्न नसकिने भएकाले जनताले सक्षम,नेतृत्व गर्न सक्ने उम्मेदवारलाई विजयी गराउने आशा व्यक्त गर्नुभयो । त्यसैगरी आजै गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद तिमिल्सना तथा प्रदेश सभा सदस्य उम्मेदवार युवराज भट्टराई समिर वृन्दावनको वडा नंं. १,२ र ३ मा समेत पुगेर मतदाताको घरदैलोमा पुग्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles