Friday, April 10, 2026

विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश

ताजा / भरखरै प्राप्त

रौतहट खबर सम्वाददाता÷
विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गर्नेहरु दिनप्रतिदिन बढी रहेका छन् । सोही क्रममा आइतवार विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई पार्टीका पोलिटव्यूरो सदस्य रौतहट जिल्ला इन्चार्ज (युवराज)भट्टराई समिर, मधेस प्रदेश सदस्य देबकी नेपालले अबिर, माला लगाएर पार्टी प्रवेश गराउनु भयो । पार्टी प्रवेश गर्नेहरुमा नेकपा(एकीकृत)समाजवादी अनेमसंघ मधेस प्रदेश सदस्य शुभद्रा नेपाल,नेकपा(एकीकृत)समाजवादी अनेमसंघ पौराई एकाई सचीव अमृता जर्गा,पुराना कम्युनिष्ट नेता राम एकल मुखिया,नेकपा एमाले चन्द्रपुर –१ वडा सदस्यका प्रत्यासी उम्मेदवार अर्पाना लामा( सुक्रीमाया) रहनु भएको थियो । पार्टी प्रवेश कार्यक्रममा नवप्रदेशीहरुलाई पार्टीमा स्वागत गर्नुहुदै माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा रौतहट क्षेत्र नं. ४ क का गठबन्धनका साझा उम्मेदवार युवराज भट्टराई (समिर)ले विस्तार माओवादी केन्द्रको विचारप्रति जनताको आस्था बढ्दै गएको र पार्टीले जनताको लागि गरेको कामको मूल्यांकनले पनि माओवादीप्रति सवैको भरोसा रहेको बताउनुभयो । उहाले यस क्षेत्रको विकासका लागि आफुले विगतका दिनमा पनि पहल गरेकै कारण विकास भएको र आगामी दिनमा पनि जनताको हरेक समस्या समाधानका लागि सवैक्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । निर्वाचनमा यस पटक आफु विजयी भएर गएपछि यस क्षेत्रको शिक्षा,स्वास्थ्य, रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । कार्यक्रममा बोल्नुहुदै पार्टीका मधेश प्रदेश सदस्य देवकी नेपालले यस पटकको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउने दायित्व सवै नेता,कार्यकर्ता तथा शुभचिन्तकको काधमा रहेकोले यस क्षेत्रलाई समृद्ध बनाउने र भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नका लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने स्पष्ट पार्नुभयो । माओवादी केन्द्र प्रवेश गर्नुभएकाहरुले पनि माओवादी केन्द्रको विचार,सिद्धान्त र काम गर्ने परिपार्टीले आफुहरुलाई यसपार्टीप्रति आस्थावान बनाएकै कारण पार्टी प्रवेश गरेको बताउनुभयो । अव सवै मिलेर प्रदेश सभा सदस्यमा युवराज भट्टराई(समिर) र प्रतिनिधिसभा सदस्यमा देवप्रसाद तिमल्सिनालाई अत्याधिक मतले विजय गराउन आजैदेखि आफुहरु सक्रिय भएर चुनावी मैदानमा उत्रिएको उद्घोष समेत गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका समानुपातिकतर्फ प्रदेश सभा सदस्य उम्मेदवार प्रमिला राना, नगर अध्यक्ष टिका आचार्य,युवा नेता गणेश राउत,चेत बोलखे,लक्ष्मण न्यौपाने,गौतम खड्का,झलक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles