Friday, April 10, 2026

जनजनमा माओवादी अभियानको बारेमा छलफल

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
नेपाल कम्युुुनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम अन्तर्गत ३ महिने अभियानको तयारी छलफल रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेशमा उपलब्ध केन्द्र्र्र्रीय सदस्य, सल्लाहकार र आयोगकोे सचिवालय सदस्यहरुको बैठक रौतहटको चन्द्र्र्र्र्रनिगाहपुरमा सम्पन्न भएको हो । पार्टीका केन्द्रिय सचिव तथा ३ महिने अभियानका मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेलको कमाण्ड कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा “जनतास“ग माओवादी विशेष रुपान्तरण अभियान” अन्तर्गतका बिषयमा छलफल गर्नका लागि शनिवार बैठक बसेको थियो । हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार “घर–घरमा माओवादी, जन–जनमा माओवादी” भन्ने नाराका साथ अभियान थाल्ने बिषयमा वैठक बसेको केन्द्र्र्रिय सदस्य यूवराज भट्टराई (समिर) ले बताउनुभयो । “घर घरमा माओवादी, जनजनमा माओवादी” को नारासँगै तीन महिने अभियान सञ्चालन हुने उहा“को भनाई छ । मतदातासग भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जनतालाई जानकारी गराइने लक्ष्य रादिएको उहाँले प्रष्ट पार्नुभयो । पालिकादेखि वडातहै सम्म प्रत्यक्ष भेटघाट, छलफल गर्नेदेखि पार्टीलाई “जवान” बनाउने उद्देश्य सहित माओवादी “गाउ“ फर्क अभियान” मा केन्द्रीत रहेको नेता भट्टराईले बताउनुभयो । उहाका अनुसार आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारले कम्तिमा १÷१ वटा उत्पादन र उद्यमस“ग सम्बन्धित कार्यक्रम सुरु गर्ने योजना छ । अभियानमा पार्टीका जनवर्गीय संगठन, नेता, कार्यकर्ताहरुलाई अग्रसर गराइने छ । माओवादी जनताकै बीचमा रहेको सन्देश दिनका लागि पनि यो अभियानले सन्देश दिने नेकपा माओवादी केन्द्र चन्द्रपुर नगर कमिटिले जनाएको छ । यो अभियान भदौ १६ गतेदेखि तीन महिन सम्म रहने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles