Friday, April 10, 2026

सदाबहारले बाड्यो किसानलाई आधुनिक उपकरण सहित कृषि सामाग्री

ताजा / भरखरै प्राप्त

रौतहट÷रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. २ मा रहेको श्री सदावहार महिला कृषि सहकारी संस्था लिमिटेडले मंगलवार कृषिमा आवश्यक विभिन्न सामाग्रीहरु वितरण गरेको छ । चन्द्रपुर नगरपालिकाको कृषि विकास शाखाको आर्थिक बर्ष २०८०÷०८१ को सशर्त तर्फको मकै बाली प्रबद्र्धन कार्यक्रम(५० प्रतिशत) अनुदान अन्तर्गत वडा नं. २ का किसानहरुलाई मकैको वीउ,विद्युतीय स्प्रे टंकी, त्रिपाल, मकै रोप्ने मेसिन, डेलिभरी पाइप र स्यालो ट्युवेल रहेका थिए । वितरण कार्यक्रममा प्रमुख अतिथी वडा नं. २ वडा कार्यालयका वडा सदस्य संजीव कुमार कुस्वार माझी रहनु भएको थियो भने विशिष्ट अतिथीमा चन्द्रपुर नगरपालिका कृषि विकास शाखा प्रमुख संदीप देवकोटा रहनु भएको थियो । कार्यक्रममा कृषि प्राविधिक रुपेश सापकोटा,स्थानीय कुलराज उप्रेती लगायतको उपस्थिति रहेको थियो । वितरण कार्यक्रममा मन्तव्य राख्नुहुदै वडा सदस्य संजीव कुमार कुस्वार माझीले किसानलाई अति नै आवश्यक सामाग्रीको पहिचान गरी नगरपालिकाले शसर्त अनुदान सहित किसानहरुलाई कृषि सामाग्री उपलब्ध गराएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले किसानले प्राप्त गरेको कृषि उपकरण, सामाग्रीलाई प्रयोग गरेर उब्जनी बढाउन आग्रह समेत गर्नुभयो । कृषि खेती आधुनिकिकरण तर्फ अगाडि बढेको अवस्थामा अव कृषि उपकरणको प्रयोग गरी उब्जनी बढाउने तथा समयको बचत गर्न तर्फ किसानहरुलाई सहकारीले अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कृषि विकास शाखा प्रमुख संदीप देवकोटाले वडाभरीका किसानहरुलाई समेटेर सहकारीले गरेको कामका उच्च प्रशंसा गर्नुहुदै किसानहरुको समस्यालाई सम्बन्धित निकायसम्म पु¥याउने कामको लागि पनि सहकारीले पुलको काम गर्न आग्रह गर्नुभयो । उक्त कार्यक्रम अन्तर्गत स्यालो ट्युवेल जडान ५ थान( ८५ प्रतिशत अनुदान), त्रिपाल ४० थान, स्प्रे टंकी २५ थान, मकै रोप्ने मेसिन २ थान, डेलिभरी पाइप ३० किलो, मकैको विउ ५ सय किलो वितरण गरिएको सदावहार महिला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सन्जु कुस्वारले जानकारी दिनुभयो । अध्यक्ष कुस्वारले अझै पनि किसानहरुको माग अनुसारको सामानहरु अपुग भएकोले आगामी दिनमा नगरपालिकासंग समन्वय गरेर वितरणको लागि पहल गर्ने बताउनुभयो । कार्यक्रम संस्थाकाका अध्यक्ष सन्जु कुस्वारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles