चन्द्रपुर÷रौतहटको चन्द्रपुर नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को लागी एक अर्ब २१ करोड भन्दा बढि बजेट प्रस्ताब गरेको छ । सोमबार चन्द्रनिगाहपुरस्थित नगरपालिकाको सभा हलमा सम्पन्न नगर सभाको १५ अधिवेशनमा आर्थिक बर्ष २०८२÷०८३ को लागी एक अर्ब २१ करोड ५९ लाख ५१ हजार ६ सय ४० रुपैया प्रस्ताब गरेको हो । अधिवेशनमा नगर उप प्रमुख जयमाला चौधरीले निति,कार्यक्रम तथा बजेट बक्तब्यमा बोल्नुहुदै चन्द्रपुर नगरपालिकाले बिगतका बर्षहरुका अधुरा योजनाहरु सम्पन्न गर्न बढी ध्यान दिएको बताउनुभयो । करिब ६ करोड बढी रकममा निमार्ण भइरहेको शित भण्डार आउदो बर्ष भित्र निमार्ण सम्पन्न गर्नेगरी योजना ल्याएको समेत उप प्रमुख चौधरीले बताउनुभयो । उहाले नगरपालिकालाइ पुर्ण बालश्रम मुक्त अभियान र बाल बिवाह मुक्त वाड घोषणा कार्यक्रमलाइ प्रोत्सहन गरिने समेत उहाले बताउनुभयो ।
नगरसभामा प्रमुख अतिथी रौतहट क्षेत्र नंं ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराईले बिकाश निमार्णको काममा सबै जनप्रतिनिधिहरु एकजुट भएर हिडनुपर्ने बताउनु भएको छ । चन्द्रपुर नगर क्षेत्रको बिकाशको लागी सहयोग गरिरहेको र आउदा दिनहरुमा पनि सहयोग गरिरहने प्रदेश सभा सदस्य भट्टराईले बताउनु भएको छ । तीन वटै तहका जनप्रतिनिधिहरुले विकासको खाका कोरेर काम गर्ने हो भने असम्भव केही नरहेको बताउन्ुहुदै बजेट बनाउनुभन्दा पनि कार्यान्वयन महत्वपूर्ण रहेको बताउनुभयो । यसैगरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले आउदो आर्थिक बर्षमा जनताको मागलाइ सम्बोधन हुनेगरी बजेट बिनियोजन गरेको बताउनु भएको छ । सबै क्षेत्रलाइ समेटेर नै बजेट बिनियोजन गरेको नगर प्रमुख काफ्लेले बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य तथा कान्तिपुर दैनिकका उप सम्पादक शिव पुरीले समृद्ध नगरपालिकाको परिकल्पनामा सवैको उत्तिकै भूमिका रहने बताउनुभयो । बजेटलाई अक्षरश ःपालना गरेकुनै समस्या नआउने बताउनुहुदै जनताको हरेक समस्या समाधानका लागि सवै जनप्रतिनिधिहरुले चासो दिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले सिमातकृत,विपन्न,असहायको हितमा काम गर्ने हो भने नगर समृद्ध हुने बताउनुभयो ।चन्द्रपुर नगरपालिकामा न्यायिक समिति सक्रिय रहेको बताउनुहुदै यसले जनतामा राम्रो सन्देश दिएको बताउनुभयो । उहाले विकास निर्माणलाई मात्र होइन सचेतनामा समेत जोड दिनुपर्ने बताउनुभयो ।
चन्द्रपुर नगरपालिकाले चालु आर्थिक बर्षमा एक अर्ब ४७ करोड ३६ लाख १८ हजार ८ सय २३ रुपैया बिनियोजन गरेको थियो । उक्त बजेटको तुलनामा आउदो आर्थिक बर्षमा २५ करोड ७७ लाख बजेट कम बिनियोजित भएको छ ।
यसैबिच आज सम्म रौतहटका १८ वटा स्थानिय तह मध्ये १० वटा स्थानिय तहले नगरसभा सम्पन्न गरेका छन । चन्द्रपुर,गौर,राजदेबी,इशनाथ,गढीमाइ,माधब नारायण,बौधीमाइ,राजपुर,कटहरिया र गरुडा नगरपालिकाले नगरसभा सम्पन्न गरेका छन ।
वृन्दावन नगरपालिका, गुजरा नगरपालिका,मौलापुर नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, परोहा नगरपालिका र दुर्गा भगवती गाउपालिका, यमुनामाई गाउ“पालिकाले अझै बजेट ल्याउन सकेको छैन ।
त्यस्तै, शनिबार नै इशनाथ नगरपालिकाले पनि ११ औं नगरसभाको खुला सत्र सम्पन्न गरेको थियो । आर्थिक वर्ष २०८२÷८३ लागि नगर उपप्रमुख प्रवेज आलमले ४९ करोड ६५ लाख ५२ हजार चार सय ९७ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो ।यसैगरी राजपुर नगरपालिकाले पनि आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम पारित गर्नुको साथै ५७ करोड बजेट खर्च हुने अनुमानित बजेट सभामा प्रस्तुत गरिएको थियो । गत आईतबार सम्पन्न आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै नगरप्रमुख डाक्टर मोहम्मद राजिक आलमले सामाजिक विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
