Friday, April 10, 2026

चन्द्रपुर एकेडेमीको तेस्रो अभिभावक भेला सम्पन्न

ताजा / भरखरै प्राप्त

रौतहट,२९ माघ÷रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित चन्द्रपुर एकेडेमी प्रा.लि.को तेस्रो अभिभावक भेला भव्य रुपमा सम्पन्न भएको छ । एकेडेमीको आफ्नै प्राङ्गणमा भएको कार्यक्रम एकेडेमीका सञ्चालक समिति अध्यक्ष बसन्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यालयका बारेमा प्रष्ट पार्नुहुदै विद्यालय संचालक समितिका अध्यक्ष बसन्त आचार्यले विगत तीन वर्षको अनुभव र सिकाइलाई आधार बनाएर आगामी दिनमा देखिएका कमी–कमजोरी सुधार गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले गुणस्तरीय शिक्षा,व्यवहारिक ज्ञानको संगम बनाउने प्रयत्न गरेको प्रष्ट पार्नुहुदै अध्यक्ष आचार्यले सवै अभिभावकको सहयोगले शिक्षामा आमूल परिवर्तन गर्न सफल भएको बताउनुभयो । उहाले अवका दिनमा अझ परिस्कृत शिक्षा प्रणाली अपनाउदै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सक्षम रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसीले शिक्षाको नमूना उदाहारण चन्द्रपुर एकेडेमीले प्रस्तुत गरेको बताउनुहुदै अझ अभिभावकहरुको चाहना अनुसारको शिक्षालाई भित्रुयाउन आग्रह गर्नुभयो । कितावभन्दा पनि व्यवहारिक ज्ञानमा बढी जोड दिनुपर्ने बताउनुहुदै यसक्षेत्रको अब्बल विद्यालयको रुपमा परिचित हुने विश्वास व्यक्त गर्नुभयो । विशिष्ट अतिथिमा चन्द्रपुर नगरपालिका शिक्षा शाखा प्रतिनिधि जुना तिमल्सिना, नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति संजय कार्की तथा उपाध्यक्ष डिल्लीबहादुर कार्की, समाजसेवी अवधेशहरी भट्टराई,चन्द्रानी अस्पताल प्रा.लि.का सञ्चालक डा. एके यादव, सिभिल अस्पताल प्रा.लि.का राजन साह, शिक्षाप्रेमी भरतप्रसाद आचार्य, चन्द्रपुर खानेपानी संस्थाका सचिव अवदेशहरि भट्टराई लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन एकेडेमीका प्रधानाध्यापक मोहन रसाइलीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका गरिमा घिमिरेले राख्नुभएको थियो । एकेडेमीका सञ्चालक सदस्य राजेन्द्र तिवारीले संस्थाको उद्देश्य र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले नृत्य लगायत विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

साथै विज्ञान प्रदर्शनी तथा विद्यार्थीहरूले तयार पारेका सीप र कलासम्बन्धी सामग्रीको स्टल राखिएको थियो। विद्यार्थीहरूले तयार पारेका विभिन्न हल्का खानाका परिकार पनि प्रदर्शनीमा समावेश गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles