Friday, April 10, 2026

एमाले पर्सामा विद्रोह सयौले छोडे एमाले

ताजा / भरखरै प्राप्त

पर्सा,१२ कार्तिक÷नेकपा एमाले पर्साका सयौँ नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन् । जसपासँगको गठबन्धनबाट असन्तुष्ट रहेका उनीहरूले पार्टीको नेतृत्व पार्टीको मूल मर्म विपरीत गएको आरोप लगाउँदै पार्टी परित्याग गरेका हुन् ।
मधेस प्रदेश कमिटी सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नं। १ का इन्चार्ज बाबुराम कौशिकको अध्यक्षतामा बसेको बैठकले आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा इमानदार तथा जनभावना बुझेका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय समेत गरेको छ । पार्टी परित्याग गरेकाहरूले स्वतन्त्र उम्मेदवार जिताऊ अभियान सञ्चालन समेत गर्ने भएका छन् ।
बैठकमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कदम रसूल, मधेस प्रदेश कमिटी सदस्य इस्लाम मिया हवारी, जोगिन्दर साह, जिल्ला कमिटी सदस्य सन्तोष कुमार श्रेष्ठलगायत उपस्थित रहेका थिए । विज्ञप्तिमा भनिएको छ, ‘हामी नेकपा एमाले पर्सा जिल्लाका नेता तथा कार्यकर्ताहरू भेला भई बैठक बसी देशका विद्यमान परिस्थितिलाई छलफल तथा अध्ययन गर्दा नेपाली जनताको गौरवपूर्ण त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र आज राजनीतिक नेताहरूका गलत गतिविधि र अपवित्र ज।स।पा सँगको गठबन्धनले गर्दा दूषित मात्र भएको छैन सिङ्गो देश नै अस्थिरताको भुमरीमा फस्दै गएको छ । यस विडम्बनापूर्ण अवस्थामा सुधार गर्न तथा देशमा सुशासन,स्थिरता, विकास र समृद्धिका लागी आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा जनताको मम बुझेका इमान्दार र कर्मठ उम्मेदवारको चयन गर्नुपर्नेमा हामी आबद्ध नेकपा एमाले पार्टीका नेतृत्व जनहित तथा जनउत्तरदायी नभई जनभावना तथा पार्टीको मूल मर्म विपरीत गएकोले हामी बाध्य भई नेकपा एमाले पार्टी आजैकै मिति देखि पार्टी परित्याग गरेको घोषणा यस विज्ञप्ति मार्फत गर्दछौँ ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles