रौतहट खबर सम्वाददाता÷ पाच दलिय बाम गठबन्धन अन्तर्गत रौतहट क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार देवप्रसाद तिमल्सिना र रौतहट क्षेत्र नं. ४ क अन्तर्गत प्रदेश सभा सदस्यका साझा उम्मेदवार युवराज भट्टराई(समिर) शनिवार विहानै देखि मतदाताको घरदैलोमा पुग्नु भएको छ जनताको प्रतिनिधिकै रुपमा रहनु भएका प्रतिनिधिसभा सदस्य उम्मेदवार देव प्रसाद तिमल्सिना र प्रदेश सभा सदस्यका साझा उम्मेदवार युवराज भट्टराई(समिर) शनिवार विहान चन्द्रपुर नगरपालिकाको वडानं. २ हिलेखोलाका गरिव,विपन्न जनताको घरदैलोमा पुग्नु भएको हो । विहानै आफ्नो घरमा जनताको मन जित्ने उम्मेदवार आएपछि त्यसक्षेत्रका जनताहरु अति नै हर्षित भएका थिए । नगरकै विकट रहेको हिलेखोलालाई प्रदेश सभा सदस्यका उम्मेदवार युवराज भट्टराई समिरको पहलमा जुडिवेला–फुलवारी हुदै हिलेखोलासम्म जाने सडकमा ग्राभेल गरि विद्युतिकरण गरेपछि त्यस क्षेत्रका जनताहरुको घर यतिखेर झलमल्ल भएपछि नेता भट्टराईप्रति कृतज्ञ भएको स्थानीय राधिका वाइवाले बताउनुभयो । विगतका बर्षहरुमा गरिव,विपन्नको झुपडी नहुदा उहाहरुकै सहयोगमा अहिले बास बस्न पाएको स्मरण गर्नुहुदै वाइवाले युवराज भट्टराई समिर र प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा निवर्तमान प्रतिनिधिसभा सदस्य देव प्रसाद तिमल्सिनाको योगदानको गुण तिर्ने समय आएको बताउनुभयो । गरिवहरुको उठिवास लगाउने काममा केही राजनीतिक दलका नेता,कार्यकर्ता लागेको भएपनि उहाहरुको पहल कदमीका कारण आफुहरु अहिलेसम्म झुपडीमै भएपनि बस्न पाएकोमा खुसी रहेको बताउनुभयो । घरदैलो कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै नेपाली काग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार देव प्रसाद तिमल्सिनाले आफुले जहिले पनि जनताकै पक्षमा बोल्दै, काम गर्दै आएको र अव पनि जनताकै चाहना अनुसारका विकास निर्माण लगायतका कामलाई प्राथमिकता दिने प्रतिबद्धता जाहेर गर्नुभयो । शिक्षा,स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता रहेकोले चन्द्रपुर २ कलटोलमा काग्रेसका वडा अध्यक्ष प्रत्यासी कल्याणराज कुस्वारले निशुल्क प्रदान गर्नुभएको जमिनमा स्वास्थ्य चौकी बनाउन बजेट छुट्याई काम सम्पन्न भइसकेको र विभिन्न विद्यालयमा पक्की भवन बनाउन पनि रकम छुट्याई काम सम्पन्न भएको स्मरण गराउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश सदस्यका साझा उम्मेदवार युवराज भट्टराई(समिर)ले आफुले हरेक समय जनताकै पक्षमा काम गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । उहाले जनताको हरेक दुःख,सुखमा सहभागी भएकै कारण जनताले गठबन्धनप्रति उत्साह जगाउनु भएकोमा खुसी व्यक्त गर्नुभयो । विगतका दिनमा दलित,गरीव,विपन्न वर्गको हक अधिकारको ग्यारेन्टी गर्ने काम पनि माओवादी केन्द्रकै अगुवाईमा भएकोले जनताले त्यसलाई विर्सन नहुने बताउनुभयो । कार्यक्रममा कलाकार युवराज लामा,नेपाली काग्रेसका नेता,कार्यकर्ता, माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । हिलेखोलामा घरदैलो सम्पन्न गरी आजै सोही वडाको फुलवारी, पुलामीटोल, नेवारटोल लगायतका गाउटोलहरुमा जनताको घरदैलोमा पुगेर आसन्न निर्वाचनमा आफ्नो अमूल्य मत दिई विजयी गराउन आग्रह गर्नुभयो । यसैवीच आजै वृन्दावन नगरपालिकाको चमनपुरमा समेत घरदैलो कार्यक्रम सम्पन्न भएको नेकपा माओवादी केन्द्रका युवा नेता चेत बोलखेले जानकारी दिनुभयो ।
