रौतहट खबर सम्वाददाता
काठमाडौं,१३ कात्तिक । भारतबाट जीटूजी (सरकार–सरकार बीचको) खरिद प्रक्रियाको रासायनिक मल आउने निश्चित भएको छ । सम्झौताअन्तर्गत पहिलो पटक ३० हजार मेट्रिकटन युरिया मल खरिदको सबै प्रक्रिया टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
मल खरिद गर्ने भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीलाई भुक्तानी प्रक्रिया समेत टुंगिएको कृषि सामग्री कम्पनी लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रबहादुर कार्कीले बताए । पहिलो खेपको मल एक महिना भित्रै नेपाल भित्रिने कार्कीको भनाइ छ । उक्त मल गहुँ र मकै सिजनका लागि प्रयोग हुने उनले बताए । ‘भारतीय कम्पनीले पठाएको दर रेटका आधारमा मल खरिदको प्रक्रिया टुंगिएको छ कार्कीले भने, ‘अबको एक महिना भित्रै मल भित्रिने छ ।’ कम्पनीकाअनुसार भारतसँग ७ सय ६८ अमेरिकी डलर प्रतिमेट्रिकटनमा मल खरिद भएको हो ।
