Friday, April 10, 2026

समाज सुधारका लागी संचार जगतको अहम भुमिका–प्रदेश सभा सदस्य भट्टराई

ताजा / भरखरै प्राप्त

रोतहट खबर संवाददाता
चन्द्रपुर,१५ माघ÷मधेश प्रदेश सभा सदस्य युवराज भट्टराईले समाजमा सुधार गर्नकालागि संचार जगतको अहम भुमिका रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको १९ औ स्थापना दिवशको अबसर पारेर प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रौतहट आयोजना गरेको कार्यक्रममा संसद भट्टराईले यस्तो बताउनुभएको हो ।
सेन्टरको १९ औ स्थापना दिवशको शुभकामना दिदै प्रदेश सभा सदस्य भट्टराईले सभ्य समाज निमार्ण गर्न संचारकर्मीको भुमिका महत्वपुर्ण हुने बताउनु भयो । समाजलाइ गलत दिशा जानबाट जोगान र सही दिशामा हिडाउन पत्रकारको भुमिका महत्व रहेको उहाको धारणा थियो । उहाले जनप्रतिनिधिहरुले गर्ने हरेक कामको निगरानी गर्दै गुणस्तरीय र योजना अनुसारको काम भए नभएको प्रति खबरदारी गर्नुपर्ने बताउनुभयो । हरेक क्षेत्रमा व्याप्त विकृतिलाई रोक्ने एउटा शसक्त माध्यम भनेकै संचार क्षेत्र भएकोले यसले समाजलाई कुन दिशा तर्फ लैजाने भन्ने गन्तव्य समेत तय गर्ने भएकोले सचेत र सजग हुन समेत आवश्यक रहेको बताउनुभयो । मधेश प्रदेश हरेक क्षेत्रमा पिछडिएको अवस्थामा यस क्षेत्रमा हुने गरेको साझा विकृतिलाई कम गर्ने काममा सवैको साथ र सहयोग आवश्यक रहेकोले यसलाई संचार मँध्यमले शसक्त रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की,प्रेस सेन्टरका केन्द्रिय सदस्य मनोज साह,प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष तथा केन्द्रिय सदस्य फणि महत,प्रेस चौतारीका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिना,प्रेस सेन्टर नेपाल मधेश प्रदेश सचिव ओम किशोर चौधरी,तराइ एक्सप्रेस दैनिकका प्रधान सम्पादक अशोक पहाडी,नेकपा माओबादी केन्द्रकी मधेश प्रदेश सदस्य देवकी नेपाल,रौतहट ट्राफिक प्रमुख बिमला कठायत लगायतको सहभागिता रहेको थियो । प्रेस सेन्टर रौतहटका अध्यक्ष डिल्ली बहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको जिल्ला सचिव रमेश कुमार यादवले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles