Friday, April 10, 2026

संकल्पको अर्धबार्षिक समिक्षा गोष्ठी तथा विस्तारमञ्च कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
संकल्प साकोस चन्द्रपुर रौतहटको अर्धवार्षिक समिक्षा तथा विस्तारित मंच कार्यक्रम शनिवार सम्पन्न भएको छ । चन्द्रपुरको शहीद स्मृति पार्कमा भएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विभु कुमार पोखरेललेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव कुल बहादुर थापाले राख्नुभएको थियो । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापन हरी प्रसाद तिमल्सिनाले अर्धबार्षिक समिक्षाको वित्तिय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाले संस्थाले पौष मसान्तसम्ममा शेयरपुजी ६ करोड १३ लाख ६ हजार ४ सय पु¥याउन सफल भएको जानकारी दिनुभयो । त्यसैगरी बचत निक्षेप ३७ करोड १८ लाख ७२ हजार ७ सय १२ रुपैया, ऋण लगानी ५१ करोड १० लाख ८४ हजार १ सय २८, स्थीर सम्पत्ति ३ करोड १० लाख ३९ हजार ९ सय १० रुपैया रहेको बताउनुभयो । त्यसैगरी संस्थाको संचालन मुनाफा ६ महिनामा ७० लाख ४७ हजार १ सय २८ रुपैया,वासलात ६० करोड ६४ लाख ४२ हजार २ सय ३० रुपैया रहेको जानकारी दिनुभयो । पुस मसान्तसम्ममा संस्थामा ४ हजार ३२ जना सदस्य रहेको जानकारी दिनुभयो । संस्थाका अध्यक्ष विभु कुमार पोखरेलले संस्थाको बारेमा जानकारी गराउनुभयो । उहाले वर्तमान अवस्थामा बजारमा बैकहरुले ऋण लगानी गर्न नसकेको समयमा संकल्पले आफ्ना सदस्यहरुलाई निरास नबनाएको बताउनुभयो । उहाले हरेक अवस्थामा बचतकर्ताहरुलाई लक्षित गरी कार्यक्रम गर्दै समय अनुकुल चल्न सकेकै कारण आज संकल्प यो अवस्थामा पुग्न सफल भएको बताउनुभयो । उहाले संस्थाले ११ बर्षे, १६ बर्षे र २१ बर्षे बचतबाट हुने फाइदाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम संस्थाका सहसचिव चिरन्जीवी गौतमले संचालन गर्नुभएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles