Friday, April 10, 2026

हात्तिपाईले रोग बिरुद्ध औषधी खुवाईने

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
चन्द्रपुर,÷हातीपाईले रोग बिरुद्धको औषधी आउदो फागुन ११ गते बाट खुवाईने भएको छ । चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलवार गरिएको पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठिमा सोको जानकारी गराइएको हो । हातीपाईले बिरुद्धको औषधी खाऔ यो बर्ष लाई अब अन्तिम बनाऔ भन्ने मुल नाराका साथ हातीपाईले रोगको आम औषधी सेबन अभियान हुन लागेको हो । चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखाका संयोजक राजेश ठाकुरले सबै नागरिकले हातीपाईले रोग बिरुद्धको औषधी खान जरुरी रहेको बताउनु भयो । उहाले सरकारले सन् २०२० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य राखेको भएपनि लक्ष्य अनुरुप काम नभएपछि पुनः २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएकोले अव रफ्तारका साथ काम अगाडि बढाउने बताउनुभयो । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने भएकाले यस पटक लक्ष्य हासिल गर्न सफल हुने उहाले विश्वास लिनुभयो ।
विश्वमा हात्तिपाइले रोगको जोखिम ८५ करोड ९० लाख रहेको तथ्यांकले देखाएको छ । सन् २००० सम्ममा १२ करोड संक्रमित रहेको र ४ करोड अंगभंग रहेको तथ्यांकमा उल्लेख छ ।हाल उक्त संख्या घटेर ५ करोड १४ लाखमा झरेको छ । उक्त कार्यक्रममा रौतहट तथा चन्द्रपुरमा हाल कति हात्तिपाइले रोग संक्रमित व्यक्ति रहेको तथ्यांक नभएपनि अव हुने कार्यक्रमले यकिन संख्या उपलब्ध हुने विश्वास लिइएको थियो । सो गोष्ठिमा उपसचिब कृष्ण सिग्देल,चन्द्रपुर नगरपालिका क्षेत्र भित्रका स्वास्थ्य संस्थाका प्रमुख सहित चन्द्रपुर नगरपालिका वडानम्बर ५ का अध्यक्ष नीलहरी कोईराला मात्रको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles