Friday, April 10, 2026

वडा अध्यक्ष देवकोटाले दिए ठेकेदारलाई चेतावनी

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
रौतहट÷तोकिएको समयसम्मा पनि पुल निर्माण गर्न नसक्ने ठेकेदार कम्पनीलाई चन्द्रपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बोधनाथ देवकोटा(रवि)ले पुल निर्माण काम तत्काल अगाडि नबढाए ठेकेदार विरुद्ध कडा रुपमा प्रस्तुत हुदै डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर समेत घेराउ गर्ने चेतावनी दिएका छन् । पुल निर्माणस्थल चादी नदिमा ठेकेदार कम्पनीका तर्फबाट दयाराम साह, डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साह,स्थानीय भद्रभलादमीको रोहवरमा भएको छलफलमा वडा अध्यक्ष देवकोटाले पुल निर्माण कार्य ढिलाई भएका कारण गैडाटारवासीले हरेक बर्ष आफ्ना आफन्त गुमाउनु परेको पीडा पोख्नुभयो । उहाले तोकिएको समयमा निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले लापरवाही गरेका कारण आजसम्म गैडाटारवासीले दुःख भोग्नु परेकोले अव गैडाटारवासी जनताको धैर्यताको बाध टुटेको बताउनुभयो । २०७२ सालमा निर्माण गर्ने जिम्मा लिएको पप्पु शिवशंकर जेभि गरुडाले ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएर निर्माण शुरु गरेको उक्त पुल विभिन्न कारण देखाउदै काममा ढिलासुस्ती गरेको थियो । विभिन्न बहानामा ढिलासुस्तीले गर्दा गैडाटारवासी हरेक बर्षको बर्षामा विपतमा पर्दा चन्द्रपुरसम्म आइपुग्ने बैकल्पिक बाटो नहुदा समस्यामा पर्ने गरेको भएपनि यस तर्फ कसैले पनि ध्यान नदिएका कारण अव यति ठेकेदार कम्पनीले फागुन ९ गतेभित्र उपकरण सहित दक्ष जनशक्ति, आवश्यक सामाग्री ल्याएर पुलको दुवै तर्फबाट काम शुरु गरेर वार्ताको टेवलमा आए काम गर्ने बातावरणका लागि आफुहरु पनि तयार रहेको बताउनुहुदै वडा अध्यक्ष देवकोटाले सो अवधिमा ठेकेदार कम्पनीले काम शुरु नगरे फागुन १० गते १० बजे डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुर उक्त ठेकेदार कम्पनीसंग सम्झौता तोड्दै नया ठेक्का प्रक्रियामा अगाडि नगए डिभिजन सडक कार्यालय घेराउ गर्नुका साथै पुर्व पश्चिम राजमार्ग समेत अनिश्चितकालको लागि बन्द गर्ने सम्ममा गैडाटावासी पुगिसकेकोले सो अवस्थालाई समेत मध्य नजर गर्दै काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles