रौतहट खबर समाचारदाता
चन्द्रपुर,०५ फागुन÷रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ मा रहेको दुर्गा मन्दिरदेखि मालपोत जाने बाटोमा पर्ने विष्णु राउतको चियापसलदेखि पश्चिम पट्टी जाने पुरानो ९ फिटको बाटोलाई फराकिलो पार्दै १४ फिट कायम गरिएको छ । नेकपा माओवादी केन्द्रबाट वडा नं. ४ को वडा अध्यक्ष प्रत्यासी तथा युवा नेता डिम कुमार दुलाल(विनोद)को अगुवाईमा उक्त बाटो फराकिलो पार्ने काम सहमतिमै भएको छ । विगत बर्षाैदेखि उक्त बाटो फराकिलो पार्ने विषयमा विवाद रहेको भएपनि नेता दुलालको पहलमा सो बाटोमा पर्ने सवै जग्गाधनीहरुलाई सहमति गराई शुक्रवार वडा सदस्य विनोद सिटौलाको रोहवरमा सडक फराकिलो पारिएको नेता दुलालले जानकारी दिनुभयो । सडक सांगुरो हुदा भविष्यमा दमकल आउन समस्या हुने भएको र सडक ठूलो हुदा सो क्षेत्रको मूल्यांकनमा समेत फरक पर्ने भएकोले सवैको सहमतिमै सडक विस्तार गरिएको स्थानीय खेमनाथ तिमल्सिनाले जानकारी दिनुभयो । अव उक्त बाटो आरोही होटल जोडिने बाटोसंग जोडिएपछि आवात जावत समेत सहज भएको खडानन्द तिमल्सिनाले जानकारुी दिनुभयो । उक्त सडक विस्तारमा स्थानीय रामकृष्ण तिमल्सिनाको समेत उपस्थिति रहेको थियो ।
