रौतहट खबर समाचारदाता
रौतहट÷ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको सक्रियता नभएको कारण चन्द्रपुर असुरक्षित बन्दै गएको छ । त्यसमाथि पनि राज्यले सम्मान गरेका जेष्ठ नागरिक अझै असुरक्षित महसुस गर्दैछन् । गत विहिवार दिउसो चन्द्रपुर नगरपालिका वडा नं. १० घर भएका भगली दासले आफ्नो र श्रीमति मरेसी देवीले राज्यबाट उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता वापतको रकम निकालेर चन्द्रपुरमा रहेको आखा अस्पतालमा पुगी आ“खा चेकजाच गराए । डाक्टरको सल्लाह अनुसार चस्मा लगाउनु पर्ने भएपछि चस्माको अर्डर गरेर बसेका दासलाई एक अपरिचित युवाले फकाउन थाले । युवाले आफु दासकै गाउको भएको र दासको आफन्त भएको भन्दै बृद्ध दासलाई फकाए । उनले अर्काे व्यक्तिसंग फोनमा कुरा गरेर उनकै आफन्त भएको बहाना बनाउदै बृद्ध दासको सामाजिक सुरक्षा भत्ता वापतको रकम अझै बैकमा छुटेकोले उक्त रकम लिन जान आग्रह गरे । वृद्ध दासले आफ्नो रकम त्यति नै भएको बताएपछि उनले अर्का व्यक्तिसंग फोनमा कुरा गरि रकम बाकी रहेकोले लिन आउन भन्दै कुरा गरेपछि लोभिएका बृद्ध दास अपरिचित ठग व्यक्तिको चंगुलमा परे । रकम पाउने लोभमा उनीसंगै हिडेका वृद्धलाई चन्द्रपुरकै बैक अगाडि राखेर पैसा ल्याई दिन्छु भन्दै वृद्ध दाससग भएको १९ हजार ६ सय रकम लिएर फरार भए । रकम लिएर युवा फरार भएपछि ति वृद्ध छा“गाबाट खसेझै भए । बुढेसकालमा राज्यले दिएको सहयोग रकम लुटिएपछि घर फर्किएका बृद्ध दासले टाउकोमा हात लगाए । गाउका आफन्तले यो कुरा थाहा पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा आइतवार निवेदन दिएपछि प्रहरीले उक्त व्यक्तिको खोजी गर्न थालेको छ । तर चन्द्रपुर नगरको मुख्य चोकमा रहेको सिसीटिभी फुटेज हेर्न लायक छैन । नजिकै रहेको व्यक्तिसमेत राम्रोसंग चिन्न नसक्ने भएपछि प्रहरी नजिकै रहेको पसलहरुको सिसीटिभी फुटेज माग्दै हिडेका छन् । लाखौ रकम लगाएर जडान गरिएको सिसीटिभी यतिखेर काम नै नलाग्ने अवस्थामा पुगेको छ । चन्द्रपुर नगरपालिकाले कमीशनको चक्करमा विगतमा रहेको राम्रो सिसिटिभी क्यामरा निकालेर कमशल सिसीटिभी राखेका कारण आज काममा समस्या आएको हो । तर प्रहरीले रकम लुटने युवाको पहिचान नजिकै पुगेकोले चाडै पक्राउ पर्ने प्रहरी निरिक्षक अरविन्द कुमार साहले जानकारी दिनुभयो । तर स्थानीय भने चन्द्रपुर नगर क्षेत्रमा प्रहरीको सक्रियता नभएका कारण यस किमिमको घटना बढ्दै गएको बताए । चन्द्रपुरवासीले सधै असुरक्षित महसुस गरिरहेका छन् ।
