रौतहट खबर समाचारदाता
चन्द्रपुर,२४ फागुन÷ ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं. २ मा भव्यताका साथ मनाइएको छ । “ लैगिंक समानताको बलियो आधार, सृजनात्मक प्रविधिमा महिला पहु“चको विस्तार” भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वडा कार्यालयबाट शुरु भएको ¥याली वडाको विभिन्न गाउ परिक्रमा गरि वडा कार्यालयमा आएर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति सदस्य कमला कुमारी ढकालले महिलाहरुको हकहितका लागि आयआर्जन, शिपमुलक कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो । उहाले महिलाहरुको सर्वा·िण विकासका लागि सवैको सहयोग आवश्यक रहेको बताउनुहुदै महिला हरेक क्षेत्रमा सवल, सक्षम रहेकोले उनीहरुलाई पनि समान अवसरको आवश्यकता रहेको बताउनुभयो । चन्द्रपुर नगरपालिकाले महिलाहरुको सर्वा·िण विकासका लागि पहल गरेको भएपनि अझै महिलाहरुलाई हरेक क्षेत्रमा समान सहभागिता गराउने तर्फ आफुले पहल गरेको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथी अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष पदम कुमारी रानाले महिलाहरुलाई अगाडि बढाउने कामका लागि सर्वप्रथम आफ्नै घरबाट शुरु गर्नुपर्ने बताउनुभयो । उहाले आफुले अगाडि सरेर काम गरेपछि मात्र अरुको सहयोगको अपेक्षा गर्नुपर्ने बताउनुहुदै अव महिलाहरुपनि एक जुट भएर अगाडि आउनुपर्ने बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा विशिष्ट अतिथी शोभा खरेलले महिलाहरुको सहभागिता, महिला हकहितको लागि राज्यसंग लड्नु पर्ने बताउनुभयो । उहाले महिलाहरुले आफ्नो हकअधिकार पहिचान गरि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आफ्नो हक अधिकारका लागि आफुले आवाज नउठाएर अरुले नबोल्ने भएका कारण सवै महिलाहरु दिवसमा मात्र सिमित नभएर हरेक दिन संघर्ष गर्न तयार रहनुपर्ने बताउनुभयो । कार्यक्रममा साथ साथ सिकाईका प्रदेश सदस्य निर्मला सुवेदी,वडा भरि रहेका महिला सहकारीका प्रतिनिधि,जेष्ठ नागरिक राजवति महरा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उदघाटन् प्रमुुख अतिथी जिल्ला समन्वय समिति सदस्य कमला कुमारी ढकाल, सभाध्यक्ष कार्यवाहक वडा अध्यक्ष सर्मिला सुनुवार परियारले संयुक्त रुपमा व्यानर पढेर गर्नुभएको थियो । वडा सहायक मिना कुमारी खड्काले संचालन गर्नुभएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता कार्यवाहक वडा अध्यक्ष सर्मिला सुनुवार परियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

