Friday, April 10, 2026

चन्द्रपुर नगरपालिका खेलकुदका लागि उद्दार छ– मेयर काफ्ले

ताजा / भरखरै प्राप्त

रौतहट खबर संवाददाता
चन्द्रपुर,२७ फागुन÷ रौतहटको चन्द्रपुरमा आजदेखि चन्द्रपुर मेयर गोल्डकप फुटवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले वल रेफ्रीलाई हस्तान्तरण गरेर उदघाटन गर्नुभयो । उदघाटन समारोहलाई सम्बोधन गर्नुहुदै कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले चन्द्रपुरको पहिचानको रुपमा रहेको फुटवलाई नगरपालिका अगाडि बढाउने सन्दर्भमा सदैव उदार रहेको बताउनुभयो । उहाले अन्तर्राष्ट्रिय स्तरमा महिला फुटवलको पहिचान बनाउन सफल रौतहटको चन्द्रपुर नगरपालिकाका महिला फुटवल खेलाडी रहेकोले पनि रौतहटलाई फुटवल खेलको हव बनाउनका लागि नगरपालिका लागिरहेको बताउनुभयो । उहाले महिला फुटवलसंग युवाहरुलाई प्रोत्साहन गर्नका लागि पुरुष फुटवललाई पनि संगसंगै लैजाने लक्ष्य रहेको बताउनुभयो । उहाले नगरक्षेत्र भित्र रहेको दुई वटा रंगशालालाई व्यवस्थित गर्नका लागि नेपाल सरकारसंग पनि सहकार्यको लागि प्रस्ताव अगाडि बढेको बताउनुभयो । उहाले महिला फुटवल एकेडेमी निर्माण भएपनि संचालनमा नआएको प्रति दुःख व्यक्त गर्दै रौतहटको फुटवललाई अगाडि बढाउने काममा पार्टी भन्दा माथि उठेर सवैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । मेयर काफ्ले नगरपालिका क्षेत्रमा रहेको रंगशालालाई व्यवस्थित गर्नका लागि समग्र नगरपालिका लागिपरेको बताउनुभयो । उहाले खेलकुदलाई अगाडि बढाउने कामको लागि नगरपालिका लागेपनि माथिल्लो निकायबाट वास्ता नगरेको अनुभव रहेको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै रौतहट जिल्ला फुटवल संघका सदस्य संजय कार्कीले अनुशासनको खेल फुटवल भएको युवाहरुलाई अनुशासनमा राख्न तथा शारीरिक तन्दुरुस्त पार्नका लागि पनि खेलकुदको योगदान रहेको बताउनुभयो । उहाले खेलकुदको विकासका लागि नगरवासी सवैको सहयोग भए महिला फुटवलमा मात्र होइन पुरुष फुटवल खेलको उदगम स्थल रौतहटलाई बनाउन सकिने बताउनुभयो । चन्द्रपुर नगरपालिका नगरपालिकाको लगानीमा केही बर्षदेखि संचालन हुदै आएको मेयर गोल्डकपले निरन्तरता पाएकोमा खुसी व्यक्त गर्नुभयो । विकास र समृद्धिका कुरा गरिरहदा पुर्वाधारले मात्र पर्याप्त नहुने भएकोले भुगोलको पहिचानको लागि सांस्कृतिक,धार्मिक पहिचानलाई जगेर्ना गर्दै खेलकुदलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिकाका पुर्व नगरप्रमुख रामचन्द्र चौधरीले आफ्नो कार्यकाल देखि नै नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रवि राना मगरले रौतहटको महिला फुटवल विश्वभर प्रसिद्ध भएर हामीले गर्व गर्न सकेको अवस्थामा अव युवाहरुलाई समेटर फुटवल खेल लगायतको खेलकुदलाई अगाडि बढाउने काममा चन्द्रपुर नगरपालिका लागेको बताउनुभयो । उहाले खेलकुद स्वास्थ्यका लागि, अनुशासनका लागि रहेको बताउनुहुदै अवका दिनमा नगरपालिकासंग सहकार्य गरेर खेलकुदलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता राख्नुभयो । कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख उपसचिव झरेन्द्र प्रसाद चापागाई, चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बलराम राउत, वडा नं. ५ का वडा अध्यक्ष निलहरी कोइराला, वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसी, वडा नं. ८ का वडा अध्यक्ष जितेन्द्र चौधरी, वडा सदस्यहरु, चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा, होटल तथा पर्यटन व्यवसायी संघ रौतहटका अध्यक्ष शिव कुमार राउत, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख विमला कुमारी कठायत, काष्ठ व्यवसायी संघ रौतहटका अध्यक्ष कर्ण लामा लगायतको आतिथ्यता रहेको थियो । रौतहट जिल्ला फुटवल संघका अध्यक्ष भगवान दर्लामीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रम संचालन रौतहट जिल्ला फुटवल संघका महासचिव मधुसुदन धितालले गर्नुभएको थियो । यसैवीच शनिवार भएको उदघाटन खेलमा वीरगन्ज युनाईटेड पर्सा विजयी भएको छ । पर्साले गोल बजार स्पोट्स क्लव सिरहालाई १ का विरुद्ध ३ गोलले पराजित गरेको छ । खेलको शुरु देखि नै दुवै टिमले निकै राम्रो खेलेपनि गोलवजारका तर्फबाट जर्सी नं. ११ का विनु आले मगरले खेलको १० औं मिनेटमा आकर्षक गोल गरेका थिए । दवावमा रहेको वीरगन्ज युनाइटेडले केही अवसर पाएपनि सदुपयोग गर्न सकेन । खेलको ३२ औ वीरगन्ज युनाइटेडका जर्सी नं. २१ का अनिस चौधरीले गोल गरेर खेल बराबरीमा पु¥याए । मध्यान्तरपछि भएको खेलमा खेलको ६३ औं मिनेटमा गोलबजारका गोलकिपरले वीरगन्ज युनाइटेडका खेलाडीलाई डिवक्स भित्र लगाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । पेनाल्टी पाएको वीरगन्जका लागि जर्सी नं. २१ कै अनिश चौधरीले गरेको प्रहार गोलबजारका गोलकिपरले रोकेपनि पुनः गोल गरेर अन्तर बढाए । खेलको ८५ औं मिनेटमा जर्सी नं. १४ का कृपा चौधरीले गोल गरेर खेल ३–१ को अन्तरले जित हात पारेको थियो । आजको खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाइटेडका विवेक चौधरी भएको आयोजक कमिटीका सुजन तिमल्सिनाले जानकारी दिनुभयो । आइतवारको खेल जनज्योति स्पोट्स क्लव लालबन्दी र बे·खाडी युवा क्लव महोत्तरीवीच दिउसो २ बजे हुने आयोजक कमिटीका तिमल्सिनाले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles