Friday, April 10, 2026

चन्द्रनिगाहपुर खानेपानीमा तत्काल साधारण सभा गर्न माग, अन्यथा तालाबन्दी गर्ने चेतावनी

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
चन्द्रपुर,०८ चैत्र÷ रौतहटको चन्द्रपुरमा रहेको चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले समयमा साधारण सभा नगरेको भन्दै ग्राहकहरुले ध्यानकर्षण गराएका छन् । लामो समयदेखि पदावधि सकिएपनि चुनाव गर्ने तर्फ वर्तमान कार्य समितिले चासो नदिएको र वर्तमान कार्य समितिले व्यापक आर्थिक हिनामिना गरेकोले हिसावकिताव सार्वजनिक गर्न बारम्बार अनुरोध गर्दा समेत अटेर गरेकोले अव बाध्य भएर सो कार्यालयमा तालाबन्दी गर्ने तयारी उपभोक्ताको रहेको बुझिएको छ । चन्द्रपुर वडा नं. ४ का उपभोक्ता एवम् नेकपा माओवादी केन्द्र चन्द्रपुर वडा नं. ४ का संयोजक विनोद दुलालको नेतृत्वमा गएको ग्राहकहरुको टोलीले वडा नं. ४ का जनप्रतिनिधिलाई साथ लिएर बुझाएको ध्यानाकर्षण पत्र बुझी अध्यक्ष दिपक धितालले नै साधारणसभा गत फागुन महिनाको २० गते नै गर्ने भन्ने प्रतिबद्धता गर्नु भएको पनि समय सकिएपनि साधारणसभा गराउन तर्फ चासो नदिएपछि पुनः मौखिक रुपमा चैत १ गते ध्यानकर्षण गराउदा बारम्बार झुक्याउने काम गरेकोले यस खानेपानीमा विगत धेरै बर्षदेखि आर्थिक हिनामिना भएको बुझिएकोले तत्काल सो बारे उपभोक्तालाई जानकारी गराई तत्काल साधारण सभा गर्न अन्तिम पटक आग्रह गरिएको अव तोकिएको समय भित्र साधारण सभा नगरे अनिश्चितकालको लागि खानेपानी कार्यालयमा तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन् । बारम्बार अध्यक्ष दिपक कुमार धिताल र सचिव रामबहादुर घलान मिलेर करोडौको भ्रष्टाचार गरेको बुझिएकोले तत्काल हिसाव किताव सार्वजनिक नगरे जनताले जुनसुकै किसमको कारवाही गर्न सक्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा स्वयम खानेपानीका पदाधिकारीहरु हुने उहाले बताउनुभयो । विगत लामो समयदेखि खानेपानीको हिसाव किताव गायव गरिएको र अहिले हिसाव माग्दा आलटाल गरिएकोले खानेपानी भित्र ठूलै चलखेल भएको आशंका गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles