रौतहट खबर समाचारदाता
चन्द्रपुर,२६ असार÷प्रारम्भिक बाल्यावस्थाका अपा·ता भएका लगायत सबै बालबालिकाहरुको विकास तथा शिक्षामा पहु“च अभिवृद्धि गर्ने लक्ष्यका साथ नेपालमै पहिलोपटक युनिसेफ नेपालको आर्थिक सहयोग तथा ह्यान्डीक्याप इन्टरनेसनल र सेतो गुरा“स राष्ट्रिय बाल बिकास सेवाद्वारा शिक्षा तथा मानव श्रोत बिकास केन्द्रको सहकार्यमा तिन जिल्लाका नगरपालिकामा आगामी २ वर्ष सम्मका लागि अपा·ता समावेशी बालविकास तथा शिक्षा परियोजना लागु हुने भएको छ । रौतहटको चंन्द्रपुर, अछामको मंगलसेन र काठमाडौ“को किर्तिपुर नगरपालिकामा उक्त परियोजना लागु हुन लागेको हो ।सो परियोजनाको परोयोजना शुभारम्भ गोष्ठी बिहिबार चन्द्रपुर नगरपालिकामा सेतो गुरा“स बालविकास सेवा रौतहटका अध्यक्ष हुपलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा चंन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने अतिथीहरुमा वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, नगर शिक्षा प्रमुख, बिषयगत शाखा प्रमुख तथा पदादिकारीहरु, ह्यान्डीक्याप इन्टरनेसनलका कर्मचारिहरु, सेतो गुरा“स राष्ट्रिय बालविकास सेवाका पदाधिकारी एवम् कर्मचारीहरु र सेतो गुरा“स बालविकास सेवा रौतहटका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । प्रारम्भिक बालविकासलाई समावेशी तथा अपा·तामैत्री बनाउन समावेशी शिक्षाको मूल मर्म अनुसार कार्यगत सीमितता समयमै पहिचानका लागि प्रारम्भिक पहिचान, आवश्यकता अनुसार सहायक सामग्री सहयोग, समावेशी सिकाइका विभिन्न सिकाइ नमुनाहरु कार्यान्वयनका लागि शिक्षक तालिम तथा घुम्ती शिक्षकको सहयोग तथा प्राविधिक सहयोग, परिवार, समुदाय, विद्यालय र स्थानीय निकायलाई समावेशी शिक्षा नीति निर्माण तथा कार्यान्वयनमा परियोजनाले सहयोग गर्ने परियोजना व्यवस्थापक पदम महरले बताए । उपस्थिति विभिन्न सरोकारहरुले परियोजनाले वास्तवमै बालबालिकाहरु मा शिक्षाको सुरुवाति चरणबाटै समावेशी संस्कृति विकास गर्ने विचार व्यक्त गरेका थिए ।त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जय माला चौधरीले कार्यक्रमप्रति आभार ब्यक्त गर्दै अभिभावकको सचेतना मा वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।
