रौतहट खबर समाचारदाता
रौतहट÷रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)ले आफ्नो प्रदेश संसदीय कोषबाट विनियोजित २० योजनाहरु मध्ये १७ वटा समयमै सम्पन्न भएका छन् । केही समयअघि प्रदेश सभा सदस्य भट्टराईले आफ्नो निर्वाचन क्षेत्रको हरेक वडालाई आवश्यकता अनुसार योजना बाडफाड गरेका थिए । योजना बाडफाडका क्रममा जनताको घरदैलोमा पुगेर सवैको सल्लाह अनुसार योजनाहरु छनौट गरिएको थियो । सोही अनुसार निर्वाचनको क्रममा देखिएको ग्रामीणक्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता अनुरुप वृन्दावन नगरपालिका– ३ को पिपरा टोलमा बर्षाैदेखि सडक र ढलको समस्या थियो । स्थानीयवासीहरु धुलाम्मे सडक र अस्तब्यस्त ढल अभावका कारण निक्कै हैरानीमा थिए । उनीहरुले आफना गुनासो सम्वोधनका लागि विभिन्न राजनीतिक दलका नेता–कार्यकर्तालाई गुहारेपनि उपलब्धी हुन सकेत तर यतिखेर प्रदेश सभा सदस्य भट्टराईले जनताले भोगको दुःख, समस्या नै आफ्नो प्रमुख काम रहेको भन्दै घर घरमा पुगेर जनताको गुनासो सुन्ने र सोही अनुसार योजना बनाउने गरेका कारण यतिखेर सो गाउको समस्या समाधान भएको छ ।
भट्टराईले प्रदेशसभाको संसदीय कोष अन्तर्गत आर्थिक वर्ष ०७९÷८० को बजेटमार्फत त्यस क्षेत्रको ढल र सडकका लागि बजेट बिनियोजन गरिदिए । त्यसलगत्तै त्यस क्षेत्रको ढल र सडकको कामले गति लिन थाल्यो । अहिले सडक र ढलान दुवै निर्माण कार्यले पूर्णता पाएको छ । स्थानीयहरु वर्षेदेखि भोग्दै आएको समस्या समाधानका लागि प्रदेश सांसद भट्टराईले लिएको पहलका कारण खुशी देखिएका छन् ।
त्यस्तै, चन्द्रपुर १० को बालुवा सुकुम्वासी बस्तीमा पनि सडक निर्माणको उस्तै समस्या थियो । त्यस क्षेत्रमा पनि प्रदेश संसदीय कोषबाट प्रदेश सांसद भट्टराईले बिनियोजन गरिदिएको बजेट लगत्तै सुरु भएको निर्माण कार्यले पूर्णता पाएको छ । उक्त सडकमा कालोपत्रे गर्नका लागि सांसद भट्टराईले बजेट ब्यवस्थापन गरिदिएका थिए । खासगरी उनले सडक, स्वास्थ्य चौकी निर्माण, विद्यालय भवन निर्माण, पुस्तकालय निर्माण लगायतका आयोजनाहरुलाई प्राथमिकतामा राखेका थिए ।
सांसद भट्टराईले आफनो तर्फबाट प्रदेश सभा संसदीय कोष अन्र्तगत २० वटा आयोजना छनौट गरेर बजेट छुटटाएका थिए । त्यसमध्येको १७ वटा आयोजनाको काम सम्पन्न भईसकेको छ । “चन्द्रपुर र वृन्दावनमा गरी १७ वटा आयोजनाको काम सम्पन्न भईसकेको छ,” भट्टराईले भने ।
चन्द्रपुर नगरपालिका वडा नं. २ दुलाल टोलमा बर्षाैदेखि कच्ची बाटोका कारण समस्या झेल्दै आएका सो स्थानका बासिन्दा यतिखेर हर्षित भएकाछन् । बर्षाको समयमा साइकल सम्म लैजान समस्यापर्ने सडक यतिखेर कालोपत्रे भएको देख्दा आफुले यतिचाडै सडक पक्की बन्ना भनेर नसोचेको स्थानीय बाबुराम दुलालले बताए ।
प्रदेश सभा सदस्य भट्टराईले संसदीय विकास कोषबाट विनियोजित योजनाहरु मध्ये वृन्दावन ३ पिपरा टोलमा सडक निर्माण कार्य सम्पन्न, बृन्दावन ३ पिपरा टोलमा सडक ढलान कार्य सम्पन्न,वृन्दाबन २ मा पुस्तकालय सटर भवन निर्माण सम्पन्न, चन्द्रपुर १० बलुवा सकुम्बासी वस्तीमा कालोपत्रे सडक निर्माण कार्य सम्पन्न, चन्द्रपुर ८ गैरी टोल सडकमा ढलान निर्माण कार्य सम्पन्न, चन्द्रपुर ३ भोलिटारमा बनदेवी प्रा वि भवन निार्मण कार्य सम्पन्न भएका छन् । त्यसैगरी चन्द्रपुर २ दुलाल टोलमा कालोपत्रे सडक निर्माण कार्य सम्पन्न, चन्द्रपुर ६ मेथियाहीमा सडक कालोपत्रे निर्माण कार्य सम्पन्न,चन्द्रपुर ७ मा खेल मैदान निर्माण कार्य सम्पन्न, चन्द्रपुर ४ प्रणामीदा“त घर हुदै मुस्लिम टोल सडक नाला निर्माण कार्य सम्पन्न, चन्द्रपुर ९ मा स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न, चन्द्रपुर १ बागमति डिप बोरिङ निर्माण कार्य सम्पन्न, चन्द्रपुर ३ भोलटारमा बनदेवी प्रावि मा स्कुल भवन निर्माण कार्य सम्पन्न, चन्द्रपुर ५ मा चिडियादह चन्द्र बहादुर राईको घर देखि रिङङोडसम्म ढलान सडक निर्माण कार्य सम्पन्न, चन्द्रपुर ४ तराई इन होटल देखि मन्दिर जाने बाटो कालोपत्रे निर्माण कार्य सम्पन्न, बृन्दावन १ चा“दी नदी नजिक स्टेज भवन निर्माण कार्य सम्पन्न, वृन्दावन १ चिरान टोल सडक निर्माण कार्य सम्पन्न, बृन्दाबन १ बैराठपुर टोल सडक निर्माण सम्पन्न, बृन्दाबन ३ पूर्वारी टोलमा सडक निर्माण सम्पन्न र चन्द्रपुर १० बलवामा कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भइसकेको स्थानीय ध्रुव घिमिरेले जानकारी दिए ।
