Friday, April 10, 2026

प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)द्धारा आर्थिक बर्ष २०७९÷०८० को संसदीय बजेट सार्वजनिक

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
रौतहट÷ रौतहट क्षेत्र नं. ४(१) प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर)ले नमूना काम गर्नुभएको छ । सम्भवत अहिले सम्मकै फरक सोचका साथ अगाडि बढ्नु भएका प्रदेशश सभा सदस्य भट्टराईले आर्थिक वर्ष २०७९÷२०८० को संसदीय बजेट रौतहट–४(१) प्रदेश सभाका सम्पूर्ण क्षेत्रवासी माझ बसेर गरिएको छलफल र क्षेत्रवासीको मागलाई समेट्ने आफ्नो निर्वाचन क्षेत्रका हरेक वडामा एक÷एक योजना नछुट्ने गरि सार्वजनिक गर्नुभएको छ । निर्वाचनको समयमा मतदाता समक्ष राखेको वाचा, जनतालाई देखाएको आशा र आफुले गरेको प्रतिबद्धता अनुरुप एक वडा एक योजना नछुट्ने गरि योजना अगाडि बढाउनु भएको छ । सोही अनुसार वृन्दावन नगरपालिका वडा नं. १,२ र ३ का लागि ९० लाख रकम विनियोजन गर्नुभएको छ । वृन्दावन नगरपालिका वडा नं. १ चिरानटोलमा सडक स्तरउन्नतिको लागि १० लाख छुट्याएको छ भने वडा नंं १ कै बैराठपुर सडक स्तरउन्नतिका लागि १० लाख, वडा नं. १ को चादीपुल नजिक स्टेज ढलानको लागि १० लाख विनियोजित गरिएको छ । वडा नं. २ मा पुस्तकालय सटर भवन निर्माणको लागि २५ लाख, वडा नं. ३ मा पिप्राटोल मस्जिद सडक स्तरउन्नतिका लागि १५ लाख, पुर्वारीटोल विश्रामपुर सडक स्तरउन्नतिको लागि १५ लाख छुट्याइएको प्रदेश सभा सदस्य भट्टराईले जानकारी दिनुभयो । त्यसै गरी चन्द्रपुर नगरपालिका वडा नं. १ को बागमतिमा डिप बोरिङ जडानका लागि २५ लाख, वडा नं. २ मा दुलालटोल सडक स्तरउन्नतिका लागि १५ लाख, वडा नं. ३ मा वनदेवी प्रा.वि. भोलनटारको भवन निर्माणको लागि २० लाख, वडा नं. ४ को मुस्लिम टोल जाने बाटो नाला निर्माणको लागि १७ लाख, होटल तराईइन देखि उत्तर जाने बाटो स्तरउन्नतिको लागि ८ लाख,वडा नं. ५ मा चन्द्रबहादुर राईको घरदेखि रिङरोडसम्म सडक स्तरोन्नति कार्यका लागि २० लाख विनियोजन गर्नुभएको छ । त्यसै गरी वडा नं. ६ विरेन्द्र वैठाको घरदेखि मोथियाही जाने बाटो स्तरउन्नतिको लागि २० लाख, वडा नं. ७ को नयाबस्ती स्कुल भवन निर्माणको लागि १५ लाख, वडा नं. ७ कै फुटवल ग्राउण्ड मर्मतका लागि ५ लाख, वडा नं. ८ को मरधर गैरीटोल सडक स्तरउन्नतिका लागि २० लाख, वडा नं. ९ मा स्वास्थ्यचौकी निर्माणको लागि २० लाख,वडा नं. १० को बलुवा सुकुम्बासी टोल सडक स्तरउन्नतिका लागि २० लाख रकम छुट्याइएको छ । विनियोजित कार्यक्रममा प्रदेशसभा सदस्य युवराज भट्टराई(समिर)को प्रशासनीक खर्चका लागि ५ लाख र कार्यालय प्रशासनीक खर्चमा २ लाख ९५ हजार छुट्याएको प्रदेश सभा सदस्य भट्टराईले जानकारी दिनुभयो । निर्वाचनको समयमा जनताले आवश्यकता ठानेका कामहरुलाई प्राथमिकतामा राखेर बजेट छुट्याएको र आगामी बर्षहरुमा समेत जनताको घरदैलोमा पुगेर जनताकै चाहना र आवश्यकता अनुसारको बजेट विनियोजित गर्ने लक्ष्य रहेको उहाले बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles