रौतहट खबर समाचारदाता
रौतहट÷रौतहटको उत्तरी भेगमा पर्ने चुरे क्षेत्रको एक गुम्बाको नाउ“मा ब्यापक चन्दा आतंक गरेको जनाइएको छ । चन्द्रपुर नगरपालिका वडानम्वर तीनस्थित चिसापानी गाउ“को बन्दै गरेको फेन्देलि· गुम्बाको नाउ“मा अज्ञात व्यक्तिहरुले जिल्ला भन्दा बाहिरका स्थानमा चन्दा माग गरेको पाइएको सो गुम्बाका सचिव प्रेमबहादुर बजुले बताउनुभयो । हाल यस गुम्बा निर्माणधिन अवस्थामा छ । उहा“का अनुसार,के कति रकम लगे भन्ने एकिन जानकारी नभएपनि किर्ते कागज बनाएर चन्दा माग गरेको खवर समितिलाई आएको हो । समितिले पनि यस सम्वन्धमा अध्ययन अनुसन्धान गरिरहेको छ । यस गुम्बाको नाउ“ लि“दै चन्दा आतंकमा संलग्न ब्यक्तिको नाम थाहा नभएपनि स्थानीय केही ब्यक्तिहरुको संलग्नता रहेको शंका गुम्बा समितिको छ । अवैध तरिकाले चन्दा माग गर्ने गिरोह आएमा चन्दा नदिन र सकेसम्म समितिसंग सम्पर्क गर्न चन्दादातालाई समितिले आग्रहसमेत गरेको छ ।
कमाई खाने भा“डो बनाउ“दै चन्दा उठाउन लागि परेको अज्ञात समुहले यसअघि यो गुम्वाको नाउ“मा महेन्द्रनगर,कैलाली, कन्चनपुर, मकवानपुर, राजधानी काठमाडौं लगाएतका स्थानबाट चन्दा लिएको जानकारी आएको गुम्वा समितिले जनाएको हो । बाहिरी जिल्लामा ब्यापक चन्दा आतंक मच्चिएको जानकारी मौखिक रुपमा आफुले पनि पाएको तर समितिले लिखित जानकारी भने नगरेको चन्द्रपुर नगरपालिका वडानम्वर तीनका वडाअध्यक्ष बोधनाथ देवकोटाले बताउनुभयो । समितिले स्थानीय प्रसासनलाई लिखित जानकारी गराउने तयारी गरेको छ । धार्मिक संस्थाको रुपमा रहेको यो गुम्बा भवन पा“च का ऐलानी जमिनमा बन्दै गरेको हो । यसको निर्माण वि.स २०७६ सालमा शुरु गरिएको हो । छ जना लामा गुरुबाट निर्माण शुरु भएको यस गुम्बा निर्माणमा वडा कार्यालयबाट छ लाख रुपैया“ बजेट सहयोग पाएको समितिले जनाएको छ । १२ लाख रुपैया“ खर्च भएको गुम्बा निर्माण उपसमितिका अध्यक्ष धनबहादुर वाइबाले जानकारी दिनुभयो । आर्थिक अभावमा यस गुम्बाको छत ढलान,प्लाष्टर, रंगरोगन र पर्खाल निर्माण गर्ने काम भने अझै अधुरो छ ।
