Friday, April 10, 2026

जरुवावासीको उज्यालोमा बस्ने सपना पुरा,जरुवा भयो झलमल्ल

ताजा / भरखरै प्राप्त

सुब्बा कार्की
रौतहट ÷रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ जरुवाका बासिन्दाले बुधवार देखि विजुली बाल्न पाएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, जिल्ला इन्चार्ज तथा प्रदेश सभा सदस्य युवराज भट्टराई समिरको विशेष पहलमा जिल्लाकै दुर्गम मानिएको जरुवाका ५३ घर धुरीमा विजुली पु¥याइएको हो । बुधवार एक कार्यक्रमका वीच प्रदेश सभा सदस्य माननीय युवराज भट्टराई समिरले स्वीच थिचेर विद्युत सुचारु भएको घोषणा गर्नुभयो । उक्त कार्यक्रममा बोल्नु्हुदै माननीय भट्टराईले सम्भवत जिल्लाकै अन्तिम विजुली पुगेको वस्तीका रुपमा जरुवावासीले अव अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाले आफुले निर्वाचनको समयमा दिएको बचन अनुसार विद्युत प्राधिकरणसंगको सहकार्यमा यस क्षेत्रका बासिन्दालाई विद्युत सेवा दिनका लागि अथक प्रयास गरेको र त्यसैको प्रतिफल स्वरुप जरुवावासीले विद्युत सेवा लिन सक्ने भएको बताउनुभयो । उहाले उज्यालो नेपाल अन्तर्गत सरकारले हरेक नागरिकसंग विद्युत पहुच पु¥याउने नीति अन्तर्गत यस क्षेत्रमा पनि विद्युत पु¥याइएको बताउनुभयो । उहाले केही समय अघि नै विद्युत जडान भईसक्ने अवस्थामा वनसंगको नीतिगत समस्या भएका कारण केही ढिला भएको भएपनि अहिले सवै समस्या समाधान गरेर नागरिकलाई उज्यालोमा राख्न सफल भएको बताउनुभयो । प्रदेश सभा सदस्य भट्टराईले आफ्नो निर्वाचन क्षेत्र भित्र हरेक नागरिकको समस्या समाधानका लागि आफु सधै नागरिकको साथमा रहेको बताउनुभयो । सो क्रार्यक्रममा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालयका डिजी मुनिन्द्र ठाकुरले पूर्ण विद्युतिकरणका लागि कुनै पनि ठाउ बाकी नराखिएको बताउनुभयो । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर धिरेन्द्र कुमार यादवले उज्यालो नेपाल कार्यक्रम अन्तर्गत हरेक घरमा उज्यालो पु¥याउने काम सार्थक भएको बताउनुभयो । उहाले विद्युत प्राधिकरणले हरेक नागरिकलाई सेवा सुविधा दिने कामलाई सदैव प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बलराम राउत, वडा नं. २ का वडा अध्यक्ष दुत्त बहादुर थिङ,अनेम संघ क्रान्तिकारी रौतहट जिल्ला अध्यक्ष प्रमिला राना,अनेम संघ क्रान्तिकारी चन्द्रपुर नगर कमिटी अध्यक्ष सरिता श्रेष्ठ,नेकपा माओवादी केन्द्रका वडा नं. १ का अध्यक्ष गौतम खड्का, वडा नं. २ का वडा सदस्य संजिव कुश्वार लगायतको उपस्थिति रहेको थियो । जरुवा गाउमा ५६ घरधुरी रहेकोमा ५३ घरधुरीलाई विद्युत मिटर उपलब्ध गराइएको र बाकी ३ घरधुरीले आवश्यक कागजात पु¥याएर विद्युत मिटर उपलब्ध गराइने चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख यादवले बताउनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles