Friday, April 10, 2026

आम जनता पार्टीद्धारा गौर हत्याकाण्डका दोषीलाइ कार्वाहीको माग गर्दै चन्द्रनिगाहपुरमा मोटरसाइकल ¥याली

ताजा / भरखरै प्राप्त

रौतहट खबर सम्वाददाता
चन्द्रपुर – गौर हत्याकाण्डको दोषिहरुलाई कारवाहीको माग गर्दै आम जनता पार्टीद्धारा वृहद मोटरसाइकल रयाली प्रदर्शन गरेका छन् ।
आम जनता पार्टी र सहिद परिवारद्धारा साउन १ गते प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउदै गौर हत्याकाण्डमा तत्कालिन समयमा परेको किटानी जाहेरीको आधारमा पिडकहरु विरुद्ध कारवाही सुरु नगरिएमा चरणबद्ध रुपमा आन्दोलनमा जाने जानकारी स्थानीय प्रशासनलाई गराएका थिए ।ज्ञापन पत्र अनुसार स्थानीय प्रशासनलाई गराएको जानकारी अनुसार साउन २ देखि १२ गते सम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया गरियो, साउन १३ गते सहिद परिवार एवं पिडितद्धारा धर्ना दिइयो र साउन १४ गते आज गरुडाबाट वृहद मोटरसाइकल रयालीको माध्यमबाट रौतहटबासीलाई गौर हत्याकाण्डका दोषिलाई कारवाही गराउने तर्फ ध्यानाकर्षण गराएको आजपाका महासचिव एवं युवा नेता उपेन्द्र साहले बताए ।गौर हत्याकाण्डको १७ बर्ष वितिसक्दा पनि राज्यले दोषिहरुलाई कारवाही गर्न कुनै चासो नदेखाएपछि बाध्य भएर आम जनता पार्टी र सहिद परिवारले यसप्रकारको कठोर कदम उठाउन बाध्य भएको उनले भने । साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्दको पूर्व सन्ध्यामा मोटरसाइकल रयालीमा उत्साहपूर्वक स्वस्फूर्त रुपमा जनताहरु सहभागी भई रयालीलाई सफल बनाइएको नेता उपेन्द्र साहले भने ।
हत्याकाण्डमा मुछिएका दोषिहरुलाई कारवाही गराउनका निमित्त भोली देखि हुने अनिश्चितकालिन रौतहट बन्दलाई सफल बनाइदिन वस व्यवसायी, यातायात मजदुर, उद्योगी, व्यापारी वर्गलाई आग्रह गरिएको आम जनता पार्टीका नेता बालकृष्ण सापकोटाले जानकारी दिए । करीव १५ सयको संख्यामा वृहत मोटरसाइकल ¥याली निकालिएको नेता सापकोटाले जानकारी दिए । उनले भोलीदेखि अनिश्चितकालीन रौतहट बन्दको कार्यक्रम रहेकोले सुहयोग गर्न सवैसंग आग्रह गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles