रौतहट खबर समाचारदाता
रौतहट ÷ केही दिनदेखि समुदायमा व्यापक रुपमा फैलिएको आ“खा पाक्ने रोग विरुद्ध चन्द्रपुर नगरक्षेत्र भित्र निशुल्क औषधि वितरणको व्यवस्था गरिएको छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ््लेले नगरक्षेत्रमा व्यापक रुपमा फैलिएको आ“खा पाक्ने रोग बाट बच्नका लागि नगरक्षेत्र भित्रका सवै सामुदायिक स्वास्थ्य चौकी, चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा निशुल्क औषधिको व्यवस्था गरिएको जानकारी दिनुभएको छ । उहाले उपचारमा आएका सवै विरामीहरुलाई निशुल्क आ“खामा हाल्ने औषधि उपलब्ध गराउन सवै स्वास्थ्य केन्द्र तथा अस्पताललाई निर्देशन दिएको बताउनुभयो । उहाले चन्द्रनिगाहपुर सरकारी अस्पतालमा निशुल्क पाइने औषधिहरु पनि पर्याप्त मात्रामा रहेको तथा विमा गरिएको व्यक्तिहरुलाई समेत आवश्यकता अनुसारको औषधि समयमा नै उपलब्ध गराइएको बताउनुभयो । उहाले चन्द्रपुर नगरक्षेत्रको स्वास्थ्यमा सुधार गर्नका लागि अझ बाकी रहेकोले विज्ञहरुसंग छलफल गरेर त्यसलाई कार्यान्वयन गर्ने तर्फ नगरपालिका लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नगर प्रमुख काफ्लेले केही दिनदेखि सर्प दंशको औषधि समेत पर्याप्त मात्रामा व्यवस्था गरिएको बताउनुभयो । पछिल्लो केही दिनदेखि आ“खा पाक्ने रोगबाट बढी विद्यार्थी र शिक्षक प्रभावित भएका छन् । बिरामीको आ“खामा सङ्क्रमण बढ्दै जा“दा थप समस्या आउने भएकाले समयमा ध्यान दिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । बर्षाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बा“च्ने भएकाले आ“खा पाक्ने रोगको सङ्क्रमण बढी हुने विज्ञहरू बताउ“छन् । आ“खा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफू खुशी औषधी किनेर लगाउ“दा आ“खामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव विना औषधि प्रयोग नगर्न चन्द्रपुर आखा तथा कान उपचार केन्द्रका प्रमुख डा. रियाज हविवले बताउनुभयो । सङ्क्रमण विभिन्न कारणले हुने हु“दा सम्बन्धित अस्पतालमै गएर जा“च गराउनुपर्ने उनीहरुको सुझाव छ ।आ“खाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्ने भएकाले सरसफाइमा ख्याल गर्नुपर्छ भने ढिला गरी उपचारमा आउ“दा आ“खाको नानीमा घाउ हुने र त्यसले सधै“का लागि दृष्टि गुम्न पनि सक्छ । सामान्यतया अहिले विरामीहरु ३ देखि ५ दिन भित्रमा उपचार गर्दा निको हुने देखिए पनि यसलाई लापरवाही नगर्ने डा. हविवले आग्रह गर्नुभयो । कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरूवा रोगका कारण दैनिक आउने बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । सङ्क्रमणबाट जोगिनका लागि सङ्क्रमित व्यक्तिको नजिक नबस्ने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओच्छ्यान प्रयोग नगर्न डा. हविवले आग्रह गर्नुभयो । त्यस्तै औषधि प्रयोग गरिसकेपछि हातधुने, आ“खा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । अनावश्यकरुपमा भिडभाडमा नजाने तथा जानै परे चस्माको प्रयोग गर्ने र लक्षण देखिएमा अस्पतालमा जा“च गराउन गौर आ“खा अस्पतालले भनेको छ । मौसम परिवर्तन भएस“गै आ“खा पाक्ने रोगको प्रकोप बढेको आ“खा रोग विशेषज्ञहरूले बताएका छन् । शुरुका दिनमा बिरामीको आ“खा रातो हुने, चिलाउने, आ“सु बग्ने र घाममा हेर्न नमिल्ने जस्ता लक्ष्ण देखिने गरेको छ । विद्यालय र समुदायमा आ“खा पाक्ने तथा आ“खा रातो हुने बिरामीको संख्या बढ्दै छ । यसैबिच चन्द्रनिगाहपुरमा संचालित मुनलाइट ऐकेडेमीले पनि आखा पाक्ने रोगी बढेको कारण बिहीबार र शुक्रबार बिधालय बन्द गरेको छ । बिधार्थी तथा शिक्षकहरुमा आखा पाक्ने रोग लागेपछि बिद्यालय बन्द गरेको प्रचार्य श्याम किशोर चौधरीले जानकारी दिएका छन । आखा पाक्ने रोग भाइरल भएका कारण केही दिन विद्यालय बन्द गर्नु परेको प्राचार्य चौधरीको भनाई छ ।
