Friday, April 10, 2026

चन्द्रपुरका राजमार्गमा अत्याधुनिक नम्बर प्लेट रिडर क्यामेरा जडान हुदै

ताजा / भरखरै प्राप्त

रौतहट खबर सम्वाददाता
चन्द्रपुर – रौतहटको चन्द्रनिगाहपुर अन्र्तरगत रहेको महेन्द्र राजमार्ग र बिरेन्द्र राजमार्गमा अव अत्याधुनिक सिसिटिभी क्यामरा जडान हुने भएको छ । दुबै राजमार्गमा द्रु्तगतिमा सवारी साधन चल्न थालेपछि चन्द्रपुर नगरपालिकाले महेन्द्र राजमार्गको जुडिबेला चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालयको पश्चिम तर्फ तथा बिरेन्द्र राजमार्ग अन्र्तरगत घोडदेवि मंदिर नजिक सिसिटिभी राख्न थालेको हो ।
सवारी साधनको उच्च गतिलाइ रोक्नको लागी अटोमेटिक नम्बर प्लेट रिडर क्यामेरा जडान गर्न लागिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले जानकारी दिएका छन ।सवारी र्दुघटना न्युनिकरण गर्नको लागी राजमार्गको ३ स्थानमा क्यामेरा जडान गर्न लागिएको नगर प्रमुख काफलेले बताए ।
उक्त सिसिटिभि क्यामेराको मोनिटरिङ जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिने भएको छ । अत्याधुनिक सिसिटिभी ३६० डिग्री राउण्डेड भएकोले सवै तर्फ करीव ५ सय मिटरको दृश्य देखिने आरआर इन्फोसिसका संचालन रिजनले बताए ।
सिसिभिटी क्यामेरा जडानको लागी बिहीबार स्थान छनौट गरिएको थियो । स्थान छनौटको लागी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थान कार्यालयका प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराई,नगरपालिकाका नगर प्रमुख संजय काफले,उप प्रमुख जयमाला चौधरी,प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख प्रहरी निरिक्षक बिमला कठायत,वाड नं। ४ का वडा अध्यक्ष रबि राना मगर,वाड नं। ८ का वाड अध्यक्ष जितेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles