Friday, April 10, 2026

चन्द्रपुरमा १ मा सिचाईका लागि बोरिङहरु संचालनमा
विकासका लागि प्रदेश सभा सदस्य युवराज भट्टराई तल्लिन

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
रौतहट ÷ नेकपा माओवादी केन्द्र का पोलिटब्युरो सदस्य तथा मधेस प्रदेशका माननीय युवराज भट्टराई (समीर)ज्यु को क्षेत्र बिकास कोष तथा उहाकै समन्वयमा चन्द्रपुर –१ रौतहट को विभिन्न स्थानमा शिलान्यास भएका सिंचाईका डिप–बोर्डिङ र कुलो निर्माण सम्पन्न भइ सन्चालनमा आएका छन । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहनुभएको भट्टराईले खास गरि चन्द्रपुर १ को हुदै बागमति सिचाई आयोजना संचालन भएपनि स्थानीयलाई सुविधा नभएको जनगुनासो आएपछि कृषि सिचाईका लागि डिप–बोर्डिङ र कुलोको व्यवस्था गर्नुभएको हो । पानीको सुविधा भए यस क्षेत्र कृषि उव्जाउका लागि उर्वर मानिन्छ । सिचाई अभावका कारण उत्पादन घट्दै गएपछि निराश भएका चन्द्रपुर १ का कृषकहरुले प्रदेश सभा सदस्य भट्टराईलाई प्रत्यक्ष भेटेर गुनासो गरेपछि उहाकै संसदीय विकासकोषबाट तथा उहाकै समन्वयमा सो क्षेत्रमा बोरिङ तथा पानीको लागि कुलो निर्माण भएको नेकपा माओवादी केन्द्रका चन्द्रपुर १ का युवा नेता गौतम खड्काले दावी गर्नुभयो । वडा नं. १ को डाडाटोलमा डिप बोरिङ संचालनमा आएपछि करीव २० बर्षपछि समयमा धान रोप्न पाएको स्थानीयले बताए । उनले विगत बर्षाैदेखि पानीको अभावका कारण धानखेति हुन छोडेको डाडाटोलमा यस पटक बोरिङ संचालनमा आएपछि किसानहरुले धानरोप्न पाएको स्थानीय लक्ष्मण न्यौपानेले बताउनुभयो । त्यसैगरी सोही वडाको पौराईमा पनि डावरी टोलमा बोरिग संचालन आएपछि यस बर्ष समयमै धान रोप्न पाएको न्यौपानेको भनाई छ । यदि यस बर्ष पानीको अभाव भएको अवस्थामा बोरिङ संचालनमा आएपछि अहिले किसानले रोपेको धान लहलहाउदो भएको छ । चन्द्रपुर वडा नं. १ मा मात्र सिंचाईको लागि ९ वटा डिप–बोर्डिङ र कुलो निर्माणको काम भएको छ । हाल ७ वटा डिप–बोर्डिङ सञ्चालन भइसकेको र २ वटा संञ्चालन हुन बाकी रहेको खड्काले जानकारी दिनुभयो । प्रदेश सभा सदस्य भट्राईको संसदीय कोषबाट डिप–बोर्डिङ र कुलोको काम भएको उहाले बताउनुभयो । भुमिगत सिचाई आयोजना र बाग्मति सिचाई योजनालाई प्रदेश सभा सदस्य युवराज भट्टराई(समिर) आग्रह गरेर डिप–बोर्डिङ जडानका लागि सहजिकरण गर्नुभएको माओवादी केन्द्रका नेता खड्काको भनाई छ । चन्द्रपुर १ का बडाबासीको माग र चाहना अनुसार नै विकासका काम गरिएकाले यस भेगका बासिन्दाहरु यतिखेर हर्षित छन् । यसअघि चन्द्रपुर नगरपालिका वडा नं. १ जरुवामा समेत मधेश प्रदेश सभा सदस्य भट्टराइकै पहलमा विजुली पुगेको हो । ५३ घर धुरी रहेको जरुवामा पहिलो पटक विजुली पुगेपछि गाउले हर्षित भएका थिए । बर्षाैदेखि अन्धकारमा बसेका जरुवावासी अहिले झलमल्ल उज्यालोमा बसिरहेका छन् । चुनावको समयमा जनतालाई दिएको गर्न सक्ने आश्वासन यतिखेर पुरा गर्न प्रदेश सभा सदस्य भट्टराई दिनरात लागिरहनु भएको माओवादी केन्द्रका नेता टिका आचार्यले बताउनुभयो । जनताको माग र आवश्यकता अनुसारको विकास गर्न पार्टीले पहल गरेकै कारण यस क्षेत्रका जनताले सेवा सुविधा प्राप्त गरेको उहाको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles