रौतहट खबर समाचारदाता
रौतहट ÷ रौतहटको चन्द्रपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं ं बार्षिक साधारण सभा भब्यताका साथ सपन्न गरेको छ । चन्द्रपुरमा रहेको जनज्योति बहुमुखी क्याम्पसको प्रा·णमा आयोजित सो कार्यक्रममा सो संस्थाका सवैभन्दा जेष्ठ सदस्य ९२ बर्षिया शिबमाया बस्नेत प्रमुख अतिथी रहनु भएको थियो । अन्य भन्दा फरक तरिकाले यस पटक प्रमुख, अतिथीहरुलाई आमन्त्रित गरिएको थियो । संस्थाका अध्यक्ष बिभु पोखरेलको सभाध्यक्षता सम्पन्न भएको साधारण सभाको उदघाटन जेष्ठ सदस्य शिव माया बस्नेतले पानसमा बत्ति बालेर गर्नुभएको थियो । २०६५ सालमा १०१ शेयर सदस्यबाट संकलित तीस लाख शेयर पुजि बाट शुरु भएको संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० साल सम्म आइपुग्दा ६३ करोड कारोबार सहित ४०६४ जना शेयर सदस्य बिस्तार गर्न सफल भएको संस्थाको अध्यक्ष विभु कुमार पोखरेलले बताउनुभयो । साधरण सभामा संस्थाका अध्यक्ष पोखरेलले आर्थिक बर्ष २०७९÷८० मा सो संस्थाको ४० करोड ४३ लाख ८९ हजार ७ सय ७ रुपैया निक्षेप रकम रहेको जानकारी दिनुभयो । यसैगरी आर्थिक बर्ष २०७९÷८० सम्ममा संस्थाले ५० करोड ४५ लाख ८१ हजार ६ सय ४० रुपैया ऋण लगानी गरेको पनि संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिनुभएको थियो ।गत असार मसान्त सम्ममा ४ हजार ६४ जना शेयर सदस्य रहेको र ६ करोड २८ लाख ४ हजार ३ सय रुपैया शेयर पुजी रहेको समेत उहाले साधरण सभामा जानकारी गराउनु भएको थियो । संस्थाको हाल सम्म ६३ करोड ४१ लाख ३७ हजार ८ सय ४२ रुपैयाको कुल सम्पती रहेको समेत उक्त साधरण सभामा जानकारी गराइएको थियो । संस्थाका सचिव कुल बहादुर थापाले संस्थागत प्रतिवेदन पेश गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष बलराम गौतमले प्रस्तुत गर्नुभएको थियो । संस्थाको तर्फबाट आफ्नो धारणा राख्नु हुदै अध्यक्ष बिभु पोखरेलले ०८० ÷ ०८१ मा शेयर सदस्यमा बिस्तार गरि सहकारीलाई प्रबिधीमुखी बनाउने कुरामा जोड दिनु हुदै संकल्प बचत तथा ऋण सहकारी संस्था मधेस प्रदेशमै उत्कृष्ट सहकारीको रुपमा विभिन्न समयमा सम्मानित समेत भएको जानकारी दिनुभयो । संस्थालाई यस अवस्थासम्म पु¥याउन सवै शेयर सदस्य,संचालन समिति लगायत सबै प्रती आभार प्रकट गर्नुभयो । बार्षिक साधारण सभामा शुभकामना मन्तव्य राख्नु हुदै पत्रकार महासंघ केन्द्रीय सदस्य तथा कान्तिपुर दैनिकका रौतहट प्रतिनिधि शिव पुरीले संकल्प बचत तथा ऋण सहकारी संस्था प्रदेशकै उत्कृष्ट भएकोमा प्रशंसा गर्नुभयो । उहाले सहकारीले बचतकर्ताको मनोभावनालाई बुझेर अगाडि बढे सफलता टाढा नहुने भएकोले त्यसलाई संकल्पले पुरा गरेको बताउनुभयो । गुन्जन एफ एममा ब्यवस्थापन संजय कार्कीले आगामी दिनमा सहकारीको प्रगती हेर्न चाहेको बताउनुभयो । संकल्पले वर्तमान अवस्थामा समय सापेक्ष कारोवार गर्दै पप्रविधिलार्य समेत अंगालेका कारण सफल हुन सकेको बताउनुभयो । कार्यक्रममा चन्द्रपुर ५ का वडा अध्यक्ष निलहरि कोइराला , पत्रकार शिव पुरी , यादवराज पुरी , सुब्बा कार्की , संजय कार्की , रमेश तिमल्सिना , मनोज तिमल्सिना , दिपु मिश्र, राकेश यादव, पवन घिमिरे लगाएत विभिन्न संघ संस्था प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा लक्की ड्र मार्फत १ जनालाई साइकल, १ जनालाई इन्डक्सन चुल्होे, १ जनालाई स्टेन फाइन, ६ जनालाई इलेक्ट्रीक जग, ६ जनालाई कुकर र १० जनालाई ५÷५ कित्ता शेयर उपहार स्वरुप प्रदान गरिएको थियो ।

