रौतहट खबर संवाददाता
चन्द्रपुर – व्यापारी, किसान, उद्योगपतिहरुले आफ्नो व्यवसाय बढाउन, किसानले कृषि उपजमा आधृनिकिकरण गर्न तथा उद्योगपतिले उद्योग संचालन गरि नेपालमा देखिएको बेरोजगारीलाई न्यूनिकरण गर्न बैक बाट ऋण लिने गरेको भएपनि एनआईसी एसियाले दुहुनो गाई झै सम्झेर लुट मचाएको भेटिएको छ । ऋण लगानी गर्दा एन आईसी एशिया बैकका कर्मचारीले ग्राहकसंग सापटी भन्दै रकम ठगी गरेको खुलेको छ । आफुहरु ठगीएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए ।जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाएपनि प्रहरीले पीडित र बैक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र कुमार श्रेष्ठले घटना गम्भिर भएकाले अनुसन्धान जारी राखिएको बताउनु भयो । ऋण स्वीकृत र कर्जा प्रबाह गरे बापत एन आईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्ताले जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर–१०, अशोका एग्रिकल्चर दुर्गाभगबती–१ र अम्बे कृषि फर्म चन्द्रपुर–८का प्रोपाईटर संग सापटी भन्दै २ करोड ५ लाख रुपैया ७ महिना अघि लिएपनि फिर्ता नगरेपछि कानुनी कारबाहीको लागि पीडितहरु बाध्य भएर प्रहरीको शरणमा पुगेका हुन । कर्जा प्रबाह गर्दा सापटी भन्दै लिएको रकम फिर्ता नगरेको सम्बन्धमा एन आईसी एशिया बैक गरुडाका प्रबन्धक आमोद गुप्ता संग बुझन खोज्दा उनी सम्पर्क बिहीन बनेका छन । कृषि प्रयोजनको लागि माघ अन्तिममा सहुलियतपुर्ण ऋण स्वीकृत गरेपछि एन आईसी एशिया बैक गरुडाका प्रबन्धक गप्ताले अशोका एग्रिकल्चर दुर्गाभगबती–१का प्रोपाईटर अशोक कुमार साह संग नौ वटा खाली चेक लिएर ०७९ चैत्र १७ गते चेकनम्बर ५७९६०१८१ बाट बैकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८३ बाट सचिन श्रीबास्तबको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७७ बाट पाना देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८२ बाट राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ५७९६०१८४ बाट आशा देबीको नाममा ५ लाख ३४ हजार लिएको खुलेको हो । साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कटठा जमिन धितो राखेर एन आईसी एशिया बैकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो ।
स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु पुर्बनै बैक प्रबन्धकले खाली चेक लिएर बिभिन्न ब्यबक्तिको नाम बाट ८५ लाख रुपैया लिएको दुखेसो उनको रहेको छ । यस्तै जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनि प्राईभेट लिमिटेड चन्द्रपुर–१०को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कटठा र चन्द्रपुर–९को घर सहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोपाईटर पुष्पनाथ साहको छोरा राकेश साह संगको नाममा ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैकका प्रबन्धक आमोद गुप्ताले चेकनम्बर ४९००५३६४ बाट रामसिह राय यादबको नाममा ९ लाख ९० हजार, चेकनम्बर ५९००५३६२ को बाट मनिषा देबी साहको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६३ बाट माधब प्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६५ बाट गैरी देबीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ । अम्बे कृषि फर्म चन्द्रपुर–८का चेकको बिबरण बैकले नदिएको बताइएको छ । पीडित केही व्यक्तिले भने नाम नबताउने शर्तमा आफुलाई आवश्यक परेका कारण ऋण उपलब्ध गराई दिने तर केही रकम आफुलाई केही समयको लागि सापट स्वरुप दिनुपर्ने शर्त राख्ने गरेको बताए । मेरो जग्गाको मूल्यांकन ५० लाखको थियो तर बैकका कर्मचारीले मूल्यांकन बढाएर ऋण पनि बढी दिन्छु तर बढी ऋण दिएको रकम केही समय आफुलाई दिनुपर्ने तर त्यसको ब्याज आफुले तिरिदिने भन्ने आश्वासन दिएर सोझालाई फसाउने गरेको बुझिएको छ । पैसा लिएपछि वास्ता नगर्ने, व्याज समेत आफुले तिर्नुपर्ने भएपछि बाध्य भएर आफुहरु गुहार माग्न बाध्य भएको बताए ।
एन आईसी एशिया बैक प्रधान कार्यालयका मुख्य गुनासो ब्यबस्थापन अधिकारी अर्जुन राज खनियाले आफुले यस बिषयमा बोल्न नमिल्ने बताउनुभयो । साभार ः न्युज अफ नेपालबाट
