Friday, April 10, 2026

किसानको समस्या बुझ्न उप प्रमुख चौधरी सहितको टोली किसानको खेतमै पुगे

ताजा / भरखरै प्राप्त

रौतहट खबर समाचारदाता
रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत कृषि शाखाले अनुदानमा विक्री गरेको धानको वीउमा समस्या भएका कारण यतिखेर किसानको धान पसाउन थालेपछि समस्या देखिएको छ । नगरपालिका भित्रका किसानहरुलाई चन्द्रपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको सावा मंसुली सवा १ जातको धानको वीउमा मिसावट हुनुका साथै अन्य कारणपनि यतिखेर किसानहरुको खेतमा एकै जातको वीउको धानमा नै समस्या देखिएकोछ । चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानको विउ रोपेका कृषक मर्कामा परेका हुन् । कुनै धान पाकेको ,कुनै भर्खर पसाउन लागेको, कुनै अग्ला, कुनै होचा,कुनै नपसाएको समस्या देखिएको कृषकहरुले गुनासो गरेका छन् । नगरपालिकाले ५०५ अनुदानमा उन्नत जातको सावा मन्सुली धानको वीउ भनेर किसानलाई बाँडेको धानको बीउ भदैया परेपछि यतिखेर नगरका सवै किसानहरु मर्कामा परेको चन्द्रपुर २ का किसान लाल बहादुर थापाले बतााए । कृषकको खेतमा दुई थरीको धान देखिएको उनको भनाई छ । धानमा समस्या आएको गुनासो आएपछि चन्द्रपुर नगरपालिकाको उप प्रमुख जयमाला चौधरी, आर्थिक विकास समितिका संयोजक नेत्र कुस्वार, कृषि शाखाका प्रमुख सन्दिप देवकोटा, कृषि शाखाका श्रृजना तिमल्सिना, लक्की चौधरी, विजय विउ विजनका संचालक सहित किसानहरुको टोलीले स्थलगत निरिक्षण गरेका थिए । स्थलगत अनुगमनबाट देखिएको समस्या समाधानका लागि आबश्यक छलफल गरि किसानको हितमै नगरपालिका अगाडि बढ्ने आर्थिक विकास समितिका संयोजक कुश्वारले जानकारी दिनुभयो । किसानहरुले दर्शाएको समस्याको समाधान हुने भन्दै किसानहरुलाई सकरात्मक हुन उहाँले आग्रह गर्नुभयो । रौतहटमा कुल ३५ हजार ४ सय हेक्टरमा धान खेती गरिएको छ । यहाँका ९८ प्रतिशत किसानले व्यावसायिक रूपमा धान बाली खेती गर्दै आएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ । धान खेतीमा गबारो, पातबेरुवा र ब्लास्ट रोगको प्रकोप देखिएकाले यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने अनुमान कृषि ज्ञान केन्द्र गौरको छ । गबारोको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles