Friday, April 10, 2026

चन्द्रोदय साकोसले ग¥यो २ करोड ४२ लाख मुनाफा

ताजा / भरखरै प्राप्त

रौतहट खबर सम्वाददाता
चन्द्रपुर÷रौतहटको चन्द्रपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षमा २ करोड ४३ लाख भन्दा बढी मुनाफा गरेको छ । संस्थाको शनिबार १५औ बार्षिक साधारण सभामा अध्यक्ष बसन्त कुमार आचार्यले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै सो कुरा बताउनु भएको हो । संस्थाका जेष्ठ सदस्य लोक कुमारी खरेलले बार्षिक साधारण सभाको उदघाटन गर्नु भएको थियो । साधारण सभामा अध्यक्षको बार्षिक प्रगती प्रतिवेदन अध्यक्ष बसन्त कुमार आचार्यले, सचिव सचिब संजय कुमार साहले संगाठनिक प्रतिवेदन, कोषाध्यक्ष भिम बहादुर बिकले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष बसन्त आचार्य शेयरसदस्यहरुको आर्थिक स्तर उकास्न चन्द्रोदय सधै चिन्तित भएको बताउनु भयो । कोषाध्यक्ष भिम बहादुर बिकको बार्षिक प्रतिबेदनमा शेयर सदस्य ३ हजार १ सय ४७ रहेको बताउनु भयो । संस्थाको आम्दानी २ करोड ४३ लाख १ हजार १७ रहेको प्रतिबेदनमा उल्लेख रहेको छ । संस्थाका सचिब संजय प्रसाद साहले साहले संस्थालाई अझ गुणात्मक बिकास गर्नका लागि बिभागको मापदण्ड पुरा गर्ने नेफ्स्कुन मार्फत संस्थाको गुणस्तर तथा संस्थामा भए गरेका गतिबिधिहरु सुनिश्चित गरी संस्था बिकासमा सहयोग पुरयाउन नेफ्स्कुन द्धारा संचालित पुर्ण ब्यबसायिक साकोस बिकास कार्यक्रममा आबद्ध भई प्रोविशन बाण्ड प्राप्त गर्न अगाडी बढिरहेको प्रतिबेदन उल्लेख छ । कार्यक्रममा शुभ कामना मन्तव्य राख्नुहुदै पत्रकार तथा जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष संजय कुमार कार्कीे चन्द्रोदयले सहकारी क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाले चन्द्रोदयले आर्थिक पाटोलाई मात्र नहेरी सामाजिक पाटोलाई समेत महत्वपूर्ण सम्झेर रक्तदान, सरसफाई लगायतका काममा यस क्षेत्रमै नमूना काम गरेको बताउनुभयो । सहकारीहरुको भिडमा चन्द्रोदयका संंचालक तथा शेयर सदस्यहरुको छुट्टै पहिचान र अस्तित्व रहेका कारण आज चन्द्रोदय यस क्षेत्रकै नमूना सहकारीको रुपमा परिचित हुने अवसर प्राप्त भएको बताउनुभयो । कार्यक्रममा चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख नसरे आलमले विधि र पद्धतिबाट चलेको संस्था भएकै कारण चन्द्रोदय हरेक क्षेत्रमा अब्बल रहेको बताउनुभयो । सहकारीको प्रमुख काम भनेकै आर्थिक कारोवार भएपनि ग्राहकलाई सन्तुष्टि दिने काममा चन्द्रोदय अगाडि रहेको बताउनुभयो ।
उत्कृष्ट दैनिक , मासिक बचतकर्तालाई सम्मान गरिएको थियो । गत आर्थिक बर्षको नाफाबाट शेयर सदस्यहरुलाइ १२ प्रतिशत बोनस दिने निर्णय भएको अध्यक्ष आचार्यले जानकारी दिनुभएको छ ।संस्थाका उपाध्यक्ष रामशरण गौतमले कार्यक्रम संचालन गर्नु भएको थियो भने बरिष्ठ उपाध्यक्ष बासु अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो । साधरण सभाको बन्दसत्रमा गोलाप्राथा मार्फत आफना शेयर सदस्यहरुलाइ पुरस्कार समेत बितरण गरेको थियो । कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देबकी नेपाल,चन्द्रपुर राष्ट्रिय सहकारी बैक चन्द्रनिगाहपुर शाखा प्रमुख,चन्द्रनिगाहपुर अस्पतालका प्रमुख अभिनन्दन श्रीवास्तब लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
संस्थाका उपाध्यक्ष रामशरण गौतमले कार्यक्रम संचालन गर्नु भएको थियो भने बरिष्ठ उपाध्यक्ष बासु अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो । साधरण सभाको बन्दसत्रमा गोलाप्रथा मार्फत १ सय ३० वटा आकर्षक उपहारहरु आफना शेयर सदस्यहरुलाइ पुरस्कार स्वरुप वितरण गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles