रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकाले नगर विपद ब्यवस्थापन समितिको बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । नगर प्रमुख सन्जय कुमार काफ्लेको अध्यक्षतामा भएको बैठकमा उपप्रमुख जयमाला कुमारी चौधरी,शसस्त्र प्रहरी वेश सन्तपुरका प्रमुख नवराज तामाङ , ट्राफिक प्रहरी प्रमुख सुशील आचार्य , कार्यपालिका सदस्य कल्याण कुश्वार, नेत्र कुश्वार, चन्द्रनिगाहपुर खानेपानीका सचिव अवधेशहरी भट्टराई , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष टीका आचार्य , नेकपा एमालेका नगर अध्यक्ष शिव आचार्य , ,नगर उधोग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा,आरडिसीका प्रतिनिधि ज्योति फुयाल लगायतको सहभागिता रहेको थियो । छलफलमा सितलहरको पुर्व सन्ध्यामा गरिव,विपन्न का लागि न्यानो कपडा, दाउरा लगायतका विषयमा छलफल भएको थियो । विपदका अन्य समस्याको विषयमा समेत आवश्यकता अनुसार विषयको उठान भएको थियो । सहभागीहरुले नगरपालिकाले विपन्न,गरिवको तथ्यांक नराखेको लगायत अन्य तथ्याक नभएको बताए । माओवादी केन्द्रका नगर अध्यक्ष टिका आचार्यले विपद शिर्षकमा नगरपालिकासंग भएको बजेट सार्वजनिक गर्नुपर्ने माग राख्नुभयो । एमालेका शिव आचार्यले नगरपालिका हरेक गतिविधिमा झाडाटार्ने काममा लागेको बताउनुभयो । खानेपानीका अवधेश हरी भट्टराईले नगरपालिकाले तथ्यांकमा टेकेर आउदै गरेको शितलहरमा नगरपालिकाले गर्ने काम, योजनाका बारेमा प्रष्ट पार्न आग्रह गर्नुभयो । छलफलमा सहभागीको जिज्ञासाको जवाफ दिनुहुदै नगरप्रमुख संजय कुमार काफ्लेले नगरपाालिकाले विपदका लागि आवश्यक बजेट तर्जुमा गरेको जानकारी गराउनुभयो । उहाले शितलहरको समयमा गरिव,विपन्न परिवारका लागि न्यायो कपडा, दाउरा लगायत सामानको प्रबन्धमा नगरपालिकाले तयारीी कै लागि छलफल गरेको बताउनुभयो । उहाले हरेक विपदका लागि नगरपालिकाले सरोकारवाला निकायसंग समन्वय गरेर अगाडि बढ्ने विश्वास दिलाउनु भयो । कार्यक्रममा उपमेयर जयमाला कुमारी चौधरीले विपदका समयमा नगरपालिका सधै अगाडि आएर सहयोग गर्दै आएको बताउनुभयो ।
