राैतहट/ राैतहटकाे चन्द्रपुर नगरपालिकाले नगर विपद ब्यवस्थापन समितिकाे बैठक नगरपालिकाकाे सभाहलमा शुरु भएकाे छ । नगर प्रमुख सन्जय कुमार काफ्लेको अध्यक्षतामा भएकाे बैठकमा उपप्रमुख जयमाला कुमारी चाैधरी,शसस्त्र प्रहरी वेश सन्तपुरका प्रमुख नवराज तामाङ , ट्राफिक प्रमुख सुशील आचार्य , कार्यपालिका सदस्य कल्याण कुश्वार, नेत्र कुश्वार, खानेपानीका सचिव अवधेशहरी भट्टराई , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष टीका आचार्य , नेकपा एमालेका नगर अध्यक्ष शिव आचार्य , ,नगर उधाेग बाणिज्य संघका अध्यक्ष दय नारायण सापकाेटा,आरडिसीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियाे । छलफलमा सितलहरकाे पुर्व सन्ध्यामा गरिव,विपन्न का लागि न्यानाे कपडा, दाउरा लगायतका विषयमा छलफल भएकाे थियाे । विपदका अन्य समस्याको विषयमा समेत आवश्यकता अनुसार विषयकाे उठान भएकाे थियाे ।
