Sunday, April 12, 2026

सदावहार महिला कृषि सहकारीको १२ ओ साधारणसभा सम्पन्न

ताजा / भरखरै प्राप्त

राैतहट/ राैतहटकाे चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेकाे सदाबहार महिफा कृषि सहकारी संस्था लिमिटेडको १२ अाै बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साधारणसभाले सन्जु कुश्वारकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिकाे उपाध्यक्षमा हेम कुमारी उप्रेती , काेषाध्यक्षमा यशाेदा कार्की , सचिवमा रुद्र कुमारी कार्की , सहसचिवमा निर्जना भण्डारी लगायत चयन गरिएको संस्थाकाे निवर्तमान अध्यक्ष पम्फा देवी भट्टले जानकारी दिनुभयो । त्यसै गरि लेखा सुपरिवेक्षण समिति संयाेजक पम्फादेवी भट्ट , सदस्य मिना कुमारी कार्की र शारदा थापा रहनु भएको छ । कार्यक्रममा प्रमुख अतिथि वडा प्रतिनिधि सर्मिला सुनुवार परियार रहनु भएको थियाे भने विशिष्ट अतिथि चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलम लगायत रहनु भएकाे थियाेे । संस्थाका अध्यक्ष पम्फा देवी भट्टकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाका ब्यवस्थापन मिना कुमारी खड्काले आय व्यय तथा बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles